२०७८ पुष ११, आईतवार ०७:२२

कलैया । बाराको जितपुर सिमरा उप–महानगगरपालिकामा प्रदेश नं.२ कै उत्कृष्ट माटो फेला परेको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला राजविराजले शुक्रबार जितपुर सिमरा उप– महानगरपालि–१८को बडहर्वामा आयोजना गरेको निःशुल्क माटो परीक्षण शिविरमा वडा नं.१७ र १८ का १ सय ४१ जना किसानको खेतबाट संकलित माटोको नमूना परीक्षण गरिएको थियो । प्रदेश नं.२ को राजविराजमा रहेको प्रयोगशालाका प्रमुख एवं माटो विज्ञ सुनिल कुमार सिंहले प्रदेशकै उत्कृष्ट माटो फेला परेको बताए । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजीकरण एवं कृषि ज्ञान केन्द्र बाराको सहभागितामा प्रयोगशालाले सहकारीका कृषि प्राविधिकहरुको समूहले संकलन गरेको माटो परीक्षण गरेको हो । नतिजाले यसक्षेत्रका किसानले खेतमा प्राङ्गारिक मलको प्रयोगमा विशेष ध्यान दिने गरेको देखिएको छ । यस्तै रासायनिक मल सन्तुलित रुपमा प्रयोग भएको समेत परीक्षणबाट देखिएको हो । माटो परीक्षणको नतिजाले सचेत किसानहरुले खेती गर्ने गरेको देखाएको सिंहले जानकारी दिए ।

माटोमा शुन्यदेखि १४ प्रतिशत अम्लीय पदार्थ हुने गर्दछ । माटो विज्ञ सिंहका अनुसार ०–६.४ र ७.६–१४ प्रतिशत अम्लीय माटोलाई हानिकारक मानिने गरिन्छ । यस्तो माटोमा जतिसुकै मिहिनेत गरेपनि अपेक्षाकृत उत्पादन लिन नसकिने प्राविधिकहरुको कथन छ । ६.५–७.५ सम्मको माटोलाई तटस्थ अर्थात सन्तुलित माटो मानिने गरिएको छ । यस्तो माटोबाट सबै खाले बोट विरुवाले उत्पादन दिने उनले बताए । शिविरमा प्रयोगशालाका प्रमुख एवं विज्ञ सिंह सहितका ४ जना ,सहकारी संस्थाका कृषि प्राविधिक जलेन्द्र चौधरी, तालिम प्राप्त संचालक शर्मिला दाहाल एवं नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कृषि विषयमा अध्यनरत आधा दर्जन छात्रछात्राहरुले माटो परीक्षण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News