अपडेट 
२०७८ पुष ११, आईतवार ०७:२६

मलंगवा । सर्लाहीका विद्यार्थीहरुलाई मोडर्न खोप लगाउने कार्य शुरु भएको छ ।

शुक्रबारदेखि सर्लाही जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत १२देखि १७ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिने कार्य शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्न खोप लगाउन सुरु गरेको हो । सोही क्रममा सर्लाहीका विद्यालयहरुले पनि आ–आफ्ना विद्यार्थीहरुलाई विद्यालयमै खोप उपलब्ध गराइ कक्षा ४ देखि कक्षा १० सम्म १२ वर्षमाथि उमेर समूहका विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको मोडर्न खोप लगाउन लागेको हो । सरकारले १८ वर्षमाथि उमेर समूहकालाई विभिन्न चरणमा खोप लगाउँदै आएको छ । यसबाट केही हदसम्म फाइदा पनि पुगेको छ । बालबालिकालाई पनि कोभिड विरुद्धको खोप लगाउनुपर्छ भन्ने सोंच लिएका अभिभावकहरु आफ्ना छोराछोरीले पनि खोप लगाएर सुरक्षित भएको भन्दै खुशी हुँदै खोप उपलब्ध गराउने स्थानीय तह र विद्यालयलाई धन्यवाद दिएका छन् ।

खोप लगाउन पाउँदा विद्यार्थीहरु पनि उत्साहित देखिएका छन् । विद्यालयले अभिभावकहरुको उपस्थितिमा आफ्ना विद्यार्थीहरुलाई खोप लगाइरहेका छन् । विद्यालय नजाने बालबालिकालाई सम्बन्धित पालिकाको वडा कार्यालय मार्फत खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । यो खोप पूर्णरुपमा सुरक्षित रहेकाले अभिभावकहरुलाई निर्धक्क भइ बालबालिकाहरुलाई खोप लगाउन कार्यालयले आग्रह समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News