अपडेट 
२०७८ पुष ११, आईतवार ११:३३

वीरगंज, ११ पौष । रोहित केमिकल ट्रेडर्सका सञ्चालक मनोज कलवार उर्फ जयसवाल भारतीय नागरिक भएको पोल खुलेको छ ।

मनोजका बुवा त्रिलोकी प्रसाद, आमा राजा देवी र भाई मनिषको हालसम्म भारत विहारको निर्वाचन आयोगले तयार गरेको मतदाता सूचिमा नाम रहेको छ ।

बुवा आमा भारतीय भएको यथार्थ जान्दा जान्दै स्थानीय नेता र प्रशासनलाई मिलाएर मनोज कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मको आधारमा नागरिकता लिएको रहष्य बाहिरिएको छ ।

नेपाली नागरिकताको आडमा मनोजले आफ्नो भारतीय श्रीमतीलाई समेत नागरिकता दिलाउन सफल भए र त्यहि नागरिकताको आडमा रोहित केमिकल ट्रेडर्सको नाममा कम्पनी खड़ा गरेर अवैध धन्दा गरिरहेको बुझिएको छ ।

विशुनपुर अम्वाका स्थायी बासिन्दा मनोज कुमार कलवारसँग जनकपुर टुडेले बुझ्न खोज्दा तपाईंलाई जे थाहा छ त्यो लेख्नुस भन्दैम आफूले आफ्नो वास्तविकता खुलाउन चाहेनन् ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10

Comment


Related News

Latest News

Trending News