अपडेट 
२०७८ पुष ११, आईतवार १५:३०

कोरोना भाइरसको संक्रमण फैलिदै गएसँगै नेपालमा थप स्वास्थ्य मापदण्ड तय गर्न मन्त्रालयका प्रतिनिधिको बैठक सिंहदरबारमा जारी छ ।

नेपाल पर्यटन बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा बैठक शुरु भएको हाे ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न नेपाल सरकारले यस अघि ६७ देशबाट नेपाल प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो ।

सर्वत्र विरोध पनि सरकारले तत्काल निर्णयलाई स्थागित गरेपछि थप स्वास्थ्य मापदण्ड तय गर्ने बारे स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयको प्रतिनिधि र पर्यटन व्यवसायीबीच बैठक शुरु भएको हो ।

बैठकले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै संक्रमणलाई फैलन नदिने गरी निर्णयसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने गरी निर्णय गर्ने तयारी भएकाे जनाइएकाे छ।

Comment


Related News

Latest News

Trending News