अपडेट 
२०७८ पुष ११, आईतवार १९:४४

प्रदेश २ को प्रदेश सभामा सरकारले ल्याएको प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समाजिक विकास मन्त्री नवलकिसोर साहले पेस गरेको अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

लोकतानित्रक समाजवादी पार्टी (लोसपा) नेपालको प्रमुख सचेतक परमेश्वर साहले प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेस गरेको थियो । उनले प्रस्ताव फिर्ता नलिएपछि उक्त प्रस्तावलाई बहुमतले अस्वीकृत गरी अध्यादेश स्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्षि दल लोसपा र नेकपा एमालेले अध्यादेशको विरोध गरेको थियो भने सत्तारूढ दल जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अध्यादेशको सर्मथन गरेका थिए ।

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री साहले विधेयकको रूपमा आउँदा समय लाग्ने भएकाले अध्यादेश ल्याएको बताए । प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले कृषि विश्वविद्यालय राजविराज स्थापना सम्बन्धी अध्यादेश बहुमतले पास गरेको थियो ।

Comment


Related News

Latest News

Trending News