२०७८ पुष १२, सोमबार ०७:२१

बारा प्रहरीले अवैध हतियार सहित १ जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा परवानीपुर गाउंपालिका–४ चैनपुर टोलका २४ वर्षीय सनवर देवान रहेको प्रहरी प्रवत्ता राजेश थापाले जानकारी दिए । नलकटुवा बन्दुक बोकी हिंडेको भन्ने प्राप्त सूचनाको आधारमा शनिबार बिहान इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटेको प्रहरी टोलीले देवानलाई लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरबाट नियन्त्रणमा लिइ शरीर खानतलासी गर्ने क्रममा एक थान कटुवा बन्दुक र ८ पिस लागू औषध नाइट्राभेट ट्याबलेट सहित प्रहरीले बरामद गरेको छ । पक्राउ परेका देवानलाई हातहतियार तथा लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News