मलंगवा । मलंगवा विभिन्न विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा कर्मचारीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
सरकारले घोषणा गरे अनुसारको तलब दिनुपर्ने माग राखी एक सातादेखि धर्नामा बसेका बालविकास कर्मचारीहरुले आइतबार मलंगवा नपाको कार्यालयमा तालाबन्दी गरेका हुन् । सातादिनदेखि लगातार शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दै आए पनि कुनै सुनुवाई नहुंदा तालाबन्दी गर्नु परेको आन्दोलित कर्मचारीहरुले बताए । बिहान ९ बजे गरिएको तालाबन्दी गरिएपछि नगर प्रमुख निरसल साहले चासो लिइ माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको प्रतिबद्धता ताला खोलिएको थियो । प्रमुख साहले आपूmहरुको माग पूरा गर्न एक साताको समय माग्दै पुस १८ गते भित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थागित गरिएको आन्दोलित कर्मचारीहरुले जानकारी दिए । सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुका लागि १५ हजार मासिक तलब दिन सार्वजनिक गरे पनि विगत ५ महिनादेखि तलब नपाएकोले शिक्षकहरु आन्दोलित भएका हुन् । ८ हजार संघ सरकारले र ७ हजार स्थानीय सरकारले दिनुपर्ने व्यवस्था रहेको भए पनि नगरपालिकाले गत साउन मसान्तदेखि नै तलब रोकेर राखेको छ ।
उनीहरु गत मंगलबारदेखि नगरपालिकाको कार्यालयको मुलद्वार अगाडि धर्ना बस्दै आएका थिए । संघीय सरकारले घोषणा गरे बमोजिम नगरपालिकाले तलब उपलब्ध नगराइ आफुहरुमाथि भेदभाव गरेको र पटक–पटक तलबको लागि ताकेता गर्दा समेत कुनै सुनवाइ नभएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका कोषाध्यक्ष पुष्पा कर्णले बताइन् ।


