२०७८ पुष १२, सोमबार ०७:२५

कलैया । नागरिक उड् ययन कार्यालय सिमरा बाराले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले हवाइ उडान र अवतरणलाई सुरक्षित राख्न अति आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

सिमरा विमानस्थलको रनवे लाइनको दायाँबायाँ २ दशमलव ५ किलोमिटर वरपरलाई अब्स्ट्रयाकल एरिया मानिने गरेकोले त्यस्को वरिपरि अग्ला संरचना निर्माण गर्न नहुने अन्तरक्रियामा सहभागित ईन्जिनियरहरुले बताए । कार्यक्रममा विमानस्थल वरपर एप्रोच लाइट भयो भने ठूला जहाज पनि सिमरामा अवतरण गर्न सकिने निजी जहाज कम्पनीवालाहरुले बताएका थिए । एप्रोच लाइटका कारण रात्री उडानलाई पनि सजिलो हुने उनीहरुले बताएका हुन् । ठूला जहाज अर्थात धेरै सिट सहज भयो भने काठमाडौँ र सिमराको भाडादर पनि आधा घट्ने उनीहरुले बताएका छन् । कार्यक्रममा विमानस्थल वरपर कुनै पनि अग्ला घर टहरा बनाउन नहुने, अग्ला रुखहरु राख्न नहुने मापदण्ड भए पनि कतिपय सर्वसाधारणले यसको चेतना नभएका कारण तला थपेर घर निर्माण गरिदिँदा र अग्ला रुखहरुको कटान नहुँदा समेत जहाजको उडान र अवतरणमा समस्या भएको बताइएको थियो । नागरिक उड्डययन कार्यालयका विमानस्थल प्रमुख भुपेन्द्र भट्ट स्थानीय पालिका, वडा र स्थानीय जनताको सहयोग भयो भने विमानस्थल सुरक्षाको उपाय अवलम्बन गर्न सकिने बताए । अहिले जहाज विमानस्थलको दक्षिणतर्फबाट मात्र उडान र अवतरण हुने गरेको छ ।

जहाज उडान भर्दा र अवतरण गर्दा एउटै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसका लागि जनचेतना जगाउन आवश्यक भएको नागरिक उडड्यन कार्यालय केन्द्रका सिभिल इञ्जिनियर स्मिता पुँजालीले बताइन् । कार्यक्रममा जनप्रतिनिधि रामचन्द्र लामा, सिमरा नागरिक उडड्यन कार्यालय विमानस्थल प्रमुख भूपेन्द्र भट्ट, यती एयरलाइन्सका अक्कल बहादुर वाइवा, गुण एयरलाइन्सका कमल हमाल, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रहरी नायब निरीक्षक अखिलेश दास, इञ्जिनियर रामनरेश यादव, अभयकान्त झा, एनआइएपीका विजय यादव, लक्ष्मी केसी, शम्भुकुमार मण्डल, सि ए एन एन का इञ्जिनियर स्मिता पुञ्जाली, इन्जिनियर संवृद्दि श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News