२०७८ पुष १२, सोमबार ०७:२६

मलंगवा । जनता समाजवादी पार्टी नेपालको सर्लाही जिल्ला स्तरीय समायोजन सम्पन्न भएको छ ।

शनिबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न समायोजनले वीरेन्द्र कुमार रायको अध्यक्षतामा २ सय २५ सदस्यीय जसपा जिल्ला समन्वय समिति सर्लाही गठन गरिएको छ । रायको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं संघीय सांसद प्रमोद साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झण्डै एक हजार भन्दा बढी पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष रायले मधेशी ,दलित ,जनजाती,आदिवासी तथा पिछडिएका वर्गको उत्थानका लागि जसपा संवेदशनशील रहेको चर्चा गर्दै पार्टीको संगठन विस्तारको लागि आफू ईमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10

Comment


Related News

Latest News

Trending News