अपडेट 
२०७८ पुष १२, सोमबार ०७:३७

कांग्रेसको नेतृत्वको जिम्मेवारी शेरबहादुर देउवाको काँधमा पुनः एक पटक आएको छ । गरिमामय इतिहास बोकेको यस पार्टीलाई चुस्त, दुरुस्त र सवल पार्टी बनाउनका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । पार्टीलाई गुटगत राजनीतिबाट मुक्त बनाउनका लागि सर्वप्रथम देउवालाई आफ्नै व्यवहार र कार्यशैलीबाट सो कुरालाई प्रमाणित गर्नुपर्छ । नेपाली कांग्रेसको विधानअनुसार लगातार दुई पटकमात्र पार्टी सभापति बन्ने व्यवस्था छ । उहाँको यो अन्तिमपटक भएकाले काँग्रेसको मूलमन्त्रलाई आत्मसात गरी अगाडि बढ् नुपर्नेछ । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि कृष्णप्रसाद भट्टराई कार्यवाहक अध्यक्ष भए पनि पार्टीलाई २०४८ सालमा र गिरिजाप्रसाद कोइराला पार्टी सभापति बनेपछि २०५६ सालको निर्वाचनमा पार्टीलाई बहुमत प्रदान गरेको थियो ।

किशुनजी र गिरिजाबावुको पक्तिमा आपूmलाई उभ्याउनका लागि देउवालाई आउँदो निर्वाचनमा कम्तीमा सवैभन्दा ठूलो पार्टीको रुपमा स्थापित गर्नुपर्छ । अर्कोतर्फ, सभापति पदका प्रत्यासी शेखर कोइराला निर्वाचनमा पराजय भए पनि एक सशक्त नेताको रुपमा उहाँको पहिचान र उचाइ बढेको छ । नेपाली काँग्रेसको स्थापनाकालदेखि कोइराला परिवारको पार्टीमा बर्चस्व कायम थियो । विगत, ६ बर्षको अवधिमा विपी पुत्र शङ् शाक पार्टीको महामन्त्री हुनुहुन्थ्यो । तर, शेखर पार्टीको सभापतिमा पराजित भए पनि परिवर्तनको पक्षधरको नेतृत्वकर्ताको रुपमा स्थापित हुनु भएको छ र कोइराला परिवारको राजनीतिक विँडो स्वतः उहाँको काँधमा पुगेको देखिन्छ । नेपाली काँग्रेसबाट कुनै नेता भविष्यमा प्रधानमन्त्री बन्ने क्षमता राख्ने व्यक्तिमा विमलेन्द्र निधि अग्रपक्तिमा पर्नुहुन्छ । पारवारिक विरासत, विद्यार्थीकालदेखिनै राजनीतिकमा सक्रिय भूमिका, २०५२ सालदेखि पटक पटक मन्त्री बन्नुका साथै पार्टीको केन्द्रीय सदस्य हुँदै उपसभापतिसमेत बन्नुभयो । मधेशको लोकप्रिय नेताको सूचीमा पर्नुहुन्छ । उहाँलाई जनताले सम्मानको नजरले हेर्छन् । योग्य, कुशल अनुभवी राजनेताको रुपमा उहाँको पहिचान छ । उहाँमा कुरा सुन्ने र सम्झाउने क्षमता पनि व्यापक रुपमा छ । उहाँ प्रतिभावान नेता पनि हुनुहुन्छ, तर, राजनीतिको खेलमा उचित समयमा ठीक निर्णय लिनमा कतै चुक्नु हुन्छ कि ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । किनभने, सभापति पदमा उम्मेद्वारी दिँदा हार्ने सम्भावना देख्दा पनि निर्वाचनमा उठ्नु अदम्य साहस देखाउनु विषय सराहनीय भए पनि दोश्रो चरणमा देउवालाई निःशर्त समर्थन गर्नु भयो । सोही देउवाले प्रदेशको निर्वाचनमा उहाँको उम्मेद्वार विरुद्ध उम्मेद्वार खडा गरेपछि शेखर समूहसँग गठजोड गर्नुप¥यो । राजनीतिमा समयमा निर्णय लिन नसक्नु कतै उहाँमा दूरदर्शिताको अभाव त छैन् ।

राजनीति अव सिद्धान्तको खेल रहेन् स्वार्थको खेलको परिणत भइसकेको छ । आजभोलि, जवसम्म तपाईसँग स्वार्थपूर्तिको सम्भावना छ, तवसम्म तपाइसँग रहन्छन् । निधिजी यहि पनि चुक्नु भयो । ग्रासरुटबाट उठाएका अधिकांस कार्यकर्ताहरु उहाँबाट लाभ लिएर अन्यत्र लागे । उहाँसँग अहिलेपनि योग्य र सक्षम कार्यकर्ताहरु छन् । तर, सीमित घेराबन्दीबाट माथि उठेर कम्तीमा काँग्रेसभित्र समग्र मधेशको नेता बन्नका लागि सो घेरा तोडेर अगाडि बढ्नुपर्न देखिएको छ । पहिलोपल्ट, मधेशी समुदायका कुनै नेता काँग्रेसको सभापतिको प्रत्यासी हुँदा आफ्नै मधेशका मधेशी मतदाता किन विमुख भए ? मधेशी मतदाताहरु गगन र विश्वप्रकाशका समर्थकजस्तै निधिजीको लागि आफ् ना समूहबाट किन वगावत गरेनन् । यावत, कुरालाई विश्लेषण गर्नु आवश्यक छ । गगन थापा र विश्वप्रकाशले जहिलेपनि गलत प्रवृतिको विरुद्ध जोरदार रुपमा आवाज उठाउँदै रहेको कारणले महाधिवेशनमा देउवाको विरोधको वावजुद पनि अधिकांस देउवा पक्षका मतदाताले पनि दुवै युवा नेताको पक्षमा मतदान गरे । निधिजीको पक्षमा किन मधेशी एकजुट भएनन् ? यसको जवाफ त निधिजीले नै दिनुहुन्छ । एक निष्पक्ष विश्लेषकको रुपमा हेर्दा विगत तीस बर्षको अवधिमा मधेशमा थुप्रै किसिमको आरोह अवरोह देखाप¥यो । उतिखेर, ति विद्यमान समस्यालाई चिर्नका लागि उहाँको भूमिका कस्तो रह्यो भन्ने विषयपनि मतदाताले विचार गरेर निर्णय लिएको हुनुपर्छ । जो जहाँ बसेपनि मधेशको समस्या समाधानका लागि एकजुट भएर आवाज उठाउनुपर्छ, त्यसमा निधिजी कतै पछाडि त पर्नु भएन् । अहिलेको जमाना हो, सञ्चारको । तपाइ दिनरात झुठ बोले पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ति रहनुपर्छ ।

यस विषयमा पनि उहाँ चुक्नु भएको हो, जस्तो लाग्छ । निधिजीको सभापति पदमा उठ्नका लागि आवश्यक तयारी नपुग थियो वा पार्टीभित्र परिवर्तनको लहर, राज्यसत्ताको प्रभाव र पार्टीको सत्तामा देउवाको पकडको सम्बन्धमा गहिरो विश्लेषण नगरी लहैलहैमा उम्मेद्वारी दिएको हो जस्तो बुझिन्छ । मधेशी समुदायको एकल उम्मेद्वार भए पनि मधेशी मतदाता किन निधिप्रति समर्पित भएनन् । यस विषयमा उहाँको लामो राजनीतिक जीवनको अवस्थालाई विश्लेषण गर्नुपर्छ । सर्वप्रथम, उहाँ धनुषा र महोत्तरी जिल्लामै बढी केन्द्रित रहनुभयो । उहाँ शक्तिमा हुँदा राजनीतिक नियुक्तिलगायतका फाइदा पुग्ने ठाउँमा ति दुई जिल्लाकैं आफ्ना नजिकका कार्यकर्ताको व्यवस्थापनमा लाग्नुभयो । त्यसकारणले पनि अन्य जिल्लाका उहाँका शुभेच्छुकहरु पनि विमुख भए । राष्ट्रियस्तरको नेता बन्नका लागि सोही अनुरुपको सोच राख्नुपर्छ । त्यसो नगर्दा, राजनीतिमा विस्थापित हुनमा धेरै बढी समय लाग्दैन् । अर्कोतर्फ, राजनीतिमा आफ्नो वर्चस्व स्थापित गर्नका लागि गलत प्रवृतिको सशक्त रुपमा विरोध गर्नुपर्छ । शेरबहादुरको समूहगत राजनीतिमा बसेर सभापति बन्ने सपना देख्नुनै गलत सोच थियो । देउवाको पहिलो प्राथमिकता कृष्णप्रसाद सिटौंलाने नै हुने हो किनभने, तेह्रो महाधिवेशनमा पनि सिटौंलाकै समर्थनमा देउवा सभापति बनेका थिए । विगतको निर्वाचनमा पार्टीको भारी पराजय एवम् आपूm पनि पराजित भएपछि निधिजीलाई सशक्त रुपमा सभापति देउवाको विरुद्धमा मोर्चाबन्दी गर्नुपर्ने थियो । डा. शेखर कोइरालाले सोही समयदेखि देउवाको राजिनामा, महाधिवेशनको आह्वान लगायतका माग राखेर देश दौंडाहामा लाग्नुभयो । पार्टीको नेतृत्व गर्ने चाहना राख्नु भएपछि निधिजीलाई देउवाको कमी कमजोरीलाई आफ्नो हतियार बनाउनुपर्ने थियो ।

उहाँके भ्रममा पर्नु भयो भने चौंधो महाधिवेशनका लागि देउवाजीले गरेको वाचाअनुरुप आपूmलाई सभापतिको रुपमा अघि सार्नेछ । तर, यो कुरा विर्सनु भयो कि राजनीति बडो निर्मम हुन्छ । सत्ताको स्वाद पाइसकेपछि हत्तपत कोही छोड्न तयार हुदैनन् । राजनीतिमा समयको पहिचान गर्नुपर्छ र चर्चित नेता बन्नका लागि उचित निर्णय लिएर अगाडि बढ्नुपर्छ । विमलेन्द्र निधिलाई राष्ट्रिय राजनीतिमा पकड बनाउनका लागि धनुषा र महोत्तरीको गुटगत राजनीतिबाट माथि उठेर सर्वप्रथम मधेशभर आफ्नो वर्चस्व कायम गर्नका लागि अग्रसर हुनुपर्छ ।

दूरगामी सोच र दुष्परिणाम

राजनीतिज्ञलाई दूरगामी सोच राखेर निर्णय लिनुपर्छ । दूरगामी सोच राखेर मात्रै पुग्दैन् । सो सोच कार्यान्वयन नहुँदा विपरीत परिस्थिति पनि उत्पन्न हुन सक्ने सम्भावना रहन्छ । चातुर्यवान नेताले दूरगामी सोचको परिपूर्तिका लागि उठाइएका कदम आफ्नो पक्षमा नभएको खण्डमा सोको दुष्परिणामको प्रभाव र बच्ने उपायबारे पनि तयार रहन्छन् । यदि, दुष्परिणामबाट बच्ने उपाय नभएको अवस्थामा धेरै घातक हुने गरिएको देखिएको छ । विमलेन्द्र निधिको सभापति पदमा भारी पराजयपछि सो निर्वाचनको दुष्परिणामले आउँदो राजनीतिक यात्रालाई प्रभावित पार्न खोज्छन् । यसको पहिलो झड्का भर्खरै सम्पन्न पार्टीको प्रदेश नं–२ मा उहाँका समर्थित उम्मेद् वार रामसरोज यादव प्रदेश सभापति पदमा पराजित भए । रामसरोज आफै वजनदार व्यक्ति, त्यसमा मन्त्री पदमा विराजमानका साथै शेखर गुटको समर्थन प्राप्त थियो । रामसरोजजीको हारले प्रदेश नं–२मा निधिजीको पकड छताछुल्ल भएको छ । उहाँलाई राजनीतिक सल्लाह दिने व्यक्तिसँग दूरगामी सोच नरहेको वा उहाँ अर्काको सल्लाह नलिइ आफ्नै समझअनुसार लिएको निर्णय उल्टो परेछ ।

सभापतिको पहिलो चरणको निर्वाचनमा निधिजीले दोश्रो चरणको निर्वाचनमा आपूm र प्रकाशमानले डा. शेखरलाई समर्थन गर्ने प्रतिक्रिया दिनु भएको थियो । तर, दोश्रो चरणमा उहाँले देउवालाईनै समर्थन गर्नुभयो । यसबाट स्पष्ट के भयो भने उहाँमा अडान लिने क्षमतामा ह्रास आएको छ । केन्द्रमा देउवालाई समर्थन गरेपछि कम्तीमा आफ्नै प्रदेशमा देउवाको समर्थन लिन नसक्नुपर्ने थियो । कतै न कतै त्रुटि छ ! नत्र योग्य एवम् सम्मानित व्यक्तिको राजनीति कसरी चक्रव्यूहमा फस्ने हो । यस्तो दुष्परिणामबाट जोगिनका लागि उहाँलाई विगतमा देखिएका कमी कमजोरीलाई हटाउनुपर्छ । आउँदो संसदीय निर्वाचनमा प्रतिपक्षले उहाँको हारलाई चुनावी मुद्दा बनाउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन् । तसर्थ, सोको तयारीमा जुट्नुपर्छ र आफ्ना प्रतिद्वन्द्वीको कमजोरीलाई हतियारको रुपमा प्रयोग गर्नका लागि अग्रसर रहनुपर्छ । पार्टीको आन्तरिक निर्वाचनको हार जित विर्सेर प्रदेश नं–२मा काँग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सवैभन्दा ठूलो पार्टी बनाउनका लागि कम्मर कसेर लाग्नुपर्छ । प्रजातान्त्रिक समाजवादको सिद्धान्त र विपी कोइरालाको आदर्श बोकेका काँग्रेस पार्टीमा राजनीतिक विचलन आएको छ । यो विचलनलाई अन्त्य गरी पार्टीको उच्च छवि बनाउने जिम्मेवारी इमान्दारिताका साथ बहन गर्नुपर्छ । विपी, गणेशमान, किशुनजी, गिरिजाबावु र महेन्द्रनारायण निधिको नामको आधारमा जनताले अव मत दिँदैनन् । त्यसका लागि विपीले अपनाएको बाटोमा हिँडनुपर्छ र जनताको मन जित्नु पर्छ ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10

Comment


Related News

Latest News

Trending News