२०७८ पुष १३, मंगलवार ०७:४५

जनकपुरधाम । महोत्तरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्रलाई २४ घण्टा भित्रमा कार्यालयमा हाजिर गराउन जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधिश लेखनाथ घिमिरेको एकल इजलासले प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई २४ घण्टा भित्र हाजिर गराउन अन्तरिम आदेश जारी गरिएको हो । उच्च अदालत जनकपुरमा आइतवार उत्प्रेषण परमादेशकालागि निवेदन दर्ता गराएका प्रमुख प्रशासकीय अधिकृत मिश्रको पक्षमा सोमवार फैसला सुनाइएको हो । प्रमुख प्रशासकीय अधिकृत मिश्रले दायर गरेको मुद्दामा आपूmलाई कार्यालयमा हाजिर हुन नदिन गाउँपालिका अध्यक्ष सुनिलकुमार राय हाजिर रजिष्टर समेत लुकाएको उल्लेख गरेको छ । इलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत्त मिश्रको मंसिर २ गते वारा जिल्लाको महागढीमाई नगरपालिका सरुवा गरिएको थियो । वाटोकै म्यादमा रहँदा उनको सरुवा फेरि महोत्तरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा गरिएको छ । तर, गाउँपालिका अध्यक्ष राय उनलाई कार्यालयमा हाजिर हुन नदिन प्रमुख प्रशासकीय अधिकृतको कोठामा ताल्चा लगाई हाजिर रजिष्टर समेत लुकाएका छन् । उनले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आर्थिक कारोवार रोक्का गर्नकालागि इमेल माध्यमवाट पत्राचार गरेपनि कुनै सुनुवाई नभएको भन्दै उनले सो कार्यालय विरुद्ध समेत मुद्दा दायर गरेका थिए ।

उनले महोत्तरी गाउँपालिका, गाउँपालिका अध्यक्ष सुनिलकुमार राय, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, महोत्तरी गाउँपालिकाको कार्यपालिका तथा कोष तथा लेखा नियन्त्रण कार्यालय विरुद्ध मुद्दा दायर गरेका थिए ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10

Comment


Related News