२०७८ पुष १३, मंगलवार ०७:४९

बारा । नेपाली कांग्रेस प्रदेश नम्बर २ को उपसभापतिमा निर्वाचित भएका चन्द्रशेखर कुमार यादवलाई स्वागत गरिएको छ ।

सोमवार बिहान गढीमाई मन्दिरमा उपसभापति यादव र सदस्यमा निर्विरोध निर्वाचित भएका उपेन्द्र प्रसाद जयसवाललाई निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन । ती दुई नेता यादव र जयसवाल गढीमाईको दर्शन, कंकालीमाई, र रानिवासमा दर्शन समेत गरेका थिए । दर्शनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति यादवले नेपाली कांग्रेस पार्टीमा अव उर्जा थप्ने काममा लागेर प्रदेश नम्बर २ मा काँग्रेस पार्टीलाई बलियो बनाउनका लागि कुनै कसर बांकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । सोही कार्यक्रममा बारा निर्वाचन क्षेत्र नमबर १ का क्षेत्रीय सभापति बिजयशंकर यादवले युवाहरुको जितको कारण पार्टीमा नयाँ उर्जा आएको र स्थानीय निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा रहेको ५ बटै पालिकामा काँग्रेस जित्ने दावी गरे । मुलुकमा शान्ति, विकास, सुशासन कायम गर्ने पार्टी नै काँग्रेस भएको बताउदै सबैलाई दतचित भई पार्टीलाई जिताउनका लागि अहिले देखि नै आफनो गाउँठाउँमा जोरसोरले लाग्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।

सो अवसरमा नेपाली काँग्रेस प्रदेश सभा २ का सभापति मोहन प्रसाद कुसवाहा, सिम्रौनगढ नगर समितिका सभापति नागेन्द्र साह कानु, आर्दशकोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद कानु, नेपाली काँग्रेसका जिल्ला सदस्य शैलेन्द्र कुमार फौजदार, जमुना प्रसाद गुप्ता, महासमिति सदस्य, रामनरेशकान्त कुसवाहा, सिकेन्द्र पासवान, रामाकान्त साह, पुर्व गाबिस अध्यक्ष कृष्णदेव जयसवाल, महाअधिबेशन प्रतिनिधी सुगान्धी महतो मण्डल धानुक, बिरेन्द्र यादव, हरेन्द्र यादव, महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानु, पतरौता नगरपालिका काँग्रेस सभापति गोबारी राय यादव लगायतको सहभागिता रहेको थियो । यसैबिच महागढी नगरपालिका वडा नम्बर २ का सभापति मिथलेश सर्राफले पनि नवनिर्वाचित उपसभापति यादव र जयसवाललाई स्वागत तथा सम्मान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News