अपडेट 
२०७८ पुष १३, मंगलवार ०७:५२

जनकपुरधाम । काठमाण्डुमा सम्पन्न नेपाल क्युकोशिन करातेको तेस्रो राष्ट्रिय प्रतियोगितामा प्रदेश २ प्रथम स्थान प्राप्त गरेको छ । दु

ई दिने उक्त प्रतियोगितामा प्रदेश २ ले ६ गोल्ड मेडल, ६ सिलवर र १७ ब्राउन ल्याएर सात वटै प्रदेशमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा सर्लाहीले ४ वटा गोल्ड मेडल, ६ सिलवर र ११ ब्राउन, धनुषाले २ गोल्ड मेडल, ३ ब्राउन र पर्सा १ ब्राउन ल्याएको छ । जनकपुरधामका ३५ किलो तौल समूहमा अरमान साफी र ४५ किलो तौल समूहमा राजु कुमार यादवले गोल्ड मेडल ल्याएका छन् । ६० किलो तौल समूहमा जनकपुरधामका मोहम्मद तौफिक अलि खान, ३५ किलो तौल समूहमा सत्यम र ४५ किलो तौल समूहमा अफ्ताव खानले ब्राउन ल्याउन सफल भएको क्योशिन करोत संघ प्रदेश २ का वरिष्ठ प्रशिक्षक मोहम्मद असगर खाँले जानकारी दिए । सर्लाहीका कोच सुभाष काफ्ले, प्रशिक्षक सफी साह, नरेश राउत कुर्मि, राकेश यादव, सुर्यनाथ यादव, सुनिल यादवसहितका प्रशिक्षकहरु प्रतियोगितामा सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News