पर्सा प्रहरीले ठुलो परिमाण लागु औषध सहित १ युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा वीरगञ्ज माहानगर वडा नम्बर १५ लक्षुमनवाको वाईपास सडकबाट एक युवकलाई पक्राउ गरेको हो । बीरगंज बाइपास सडकखण्डमा शंकास्पद अवस्थामा हिँडीरहेको अवस्थामा वीरगञ्ज माहानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी १९ वर्षीय विक्रम सर्राफले बोकेको झोला खान तलाशी गर्दा उक्त लागू औषध सहित सरार्फालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको प्रब्क्ता प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीको अनुसार सर्राफले बोकेको झोलाबाट लागू औषध नुरफिन ३५० ,एम्पुल ,डाइजीपाम ३५० र एम्पुल र फेनारगन साढे ३ सय ५० गरि जम्मा १ हजार ५० एम्पुल लागु औषध बरामाद गएिको हो । बरामद लागु औषध सहित सर्राफलाई पर्सा प्रहरीको नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता कार्कीले बताए ।


