गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पुरुष भन्दा बढी महिला इमान्दार रहेको बताएका छन् ।
गौर नगरपालिका वडा नम्बर ४ मा नेपाल सरकारको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण समृद्धिको आयोजना तथा नरनारी दुग्ध उत्पादन कृषक सहकारी र राधा कृष्ण दुग्ध उत्पादन कृषक सहकारीको संयुक्त आयोजनामा आयोजित वितीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको उदघाटन गर्दै मेयर गुप्ताले यस्तो बताएका छन् । महिलाहरुलाई सशक्तिकरणको लागि सीपको साथ साथै वितीय शिक्षाको ज्ञान अति आवश्यक भएको बताउदै तालिम उपयोगी हुने बताए । दूधको उत्पादन गर्दा विक्री वितरण गर्नु पर्ने भएकोले आय व्ययको लेखा जोखा राख्न वितीय शिक्षा जरुरी रहेको बताए ।
पुरुषको तुलनामा महिला आफ्नो दायित्व प्रति बढी जिम्मेवार रहेको उल्लेख गर्दै मेयर गुप्ताले महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन गौर नगरपालिका सक्रिय रहेको जनाए । राम जपू यादवको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा वडा अध्यक्ष भुनेश्वर साही , समृद्धि परियोजनाको रौतहट बारा संयोजक उतिमलाल चौर सिया , विद्यार्थी नेता ओम प्रकाश मधेशिया लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ! ३५ दिन सम्म संचालन हुने सो तालिममा दुवै समुहबाट ६० जना महिला उद्यमीको सहभागीता रहेको छ । सहभागीहरुलाई हिसाव किताव कसरी राख्ने भन्ने विषयमा जानकारी गराइने समृद्धिका चौरसिया ले जानकारी दिएका छन् ।


