अपडेट 
२०७८ पुष १४, बुधबार ०७:२७

जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीमा दलीय सहमति नभएपछि सभामुख सरोज कुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ ।

समितिमा उपसभामुख उपमा देव उप–संयोजक र बाँकी दलका सांसदहरुलाई सदस्यमा राखिएको छ । समितिमा प्रत्येक पार्टीबाट दुई जना सांसद राखिएको छ भने जसपाबाट ३ जना सांसद समितिमा सदस्य रहेका छन् । समितिको सदस्यहरुमा कांग्रेसका सांसद शिवचन्द्र चौधरी, उपेन्द्र कुश्वाहा, जसपाका बिन्देश्वर यादव ‘बिक्की’, संजय यादव र शैलेन्द्र कुमार यादव, माओवादी जगत यादव र दिलिप साह, एमालेका शारदा थापा र किशोरी साह ‘कमल’, लोसपाका परमेश्वर साह र सुरिता साह रहेका छन् । त्यसैगरी, सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सत्रुधन महतो र सुन्दर वहादुर विश्वकर्मा र नेपाल संघीय समाजवादी पार्टीबाट सावित्री देवी साह रहेका छन् । समितिले प्रदेशको नाम र राजधानीको विषयमा दलहरुले राखेको प्रस्तावको अध्ययन, छलफल तथा दलहरु बीच अन्तरक्रिया गरी दलीय सहमतिको प्रयास गरिने छ । समितिले काम थालेको १५ दिन भित्रमा प्रतिवेदन सभामा पेश गर्नुपर्ने प्रावधान तोकिएको छ । अहिले प्रदेशको नामको सम्बन्धी ५ वटा प्रस्ताव र राजधानीको विषयमा दुई वटा प्रस्ताव प्रदेश सभामा दर्ता गरिएको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ । भने एमाले र नेकपा एसले जानकी, कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेका छन् ।

कांग्रेसका केही सांसदले मध्य मधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् । यस भन्दा पहिला पनि नाम र राजधानीकालागि समिति गठन गरिएको थियो । तर, सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनवाट पनि नाम र राजधानीको टुङ्गो लाग्न सकेर प्रस्ताव असफल भएको थियो ।

Comment


Related News

Latest News

Trending News