वीरगञ्ज । वीरगञ्जमा दोहरो नागरिकता लिनेहरुको केन्द्र बन्दै गएको छ । दिनहुँ भारतीयहरुले नेपाली नागरिकता लिएकाहरुको खुलासा हुँदैगएको छ । भारतको विहारका पूर्वी चम्पारण प्रखण्ड घोड़ासहन पञ्चायत विशुनपुर अमवा थाना झरोखर स्थायी ठेगाना भएका मनोज कुमार कलवार संग भारतीय र नेपाली दुवै नागरिकता रहेको खुलासा भएको छ ।
पुनदेव प्रसादको नाती त्रिवेणी प्रसादको छोरा मनोजको आमाको राजा देवी उल्लेख गरिएको छ । नेपाली नागरिकता लिएपछि मनोज कुमार कलवारको राष्ट्रियता माथि प्रश्न चिन्ह उठेपछि कलवारले आफ्नो आसपासेहरूलाई ‘हो म भारतीय हुँ, मेरो आमा बुवा भारतीय हुन, मेरो भाई मनीष अहिले पनि भारतीय हो, पैसाको बलमा मैले २०६३को टोलीबाट नागरिकता लिए, जसलाई जे गर्न मन छ, गरोस’ नेपालमा पैसा भए केही हुदैन, भनि धाक लगाउदै हिडेका छन् । तत्कालीन प्रशासकीय अधिकृत दुर्गा दत्त ढकाललाई मोटो नजराना दिएर विशुद्ध भारतीय नागरिक मनोज कुमार कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट खटेको टोलीबाट ना.प्र.प. नं. ३४३०२२–१३/११८४ को नागरिकता जन्मको आधारमा मिति २०६३÷१२÷२९ गते हासिल गरेका हुन । मनोजले नेपाली नागरिकता हासिल गरेपछि भएभरको खानदानलाई नेपाल बोलाई रोहित केमिकल ट्रेडर्स नामक कम्पनी खड़ा गरी भारतीयहरूलाई मात्र कामदार राखेका छन् । तीन पुस्ते नेपाली नागरिकलाई ऋणको लागि नपत्याउने नेपाली बैंक २०६३ सालका नवनागरिकहरूले मागे भन्दा बढ़ी ऋण प्रवाह गरिरहेका छन् ।
मनोज कुमार कलवारले मनोज जायसवालको नागरिकताको बारेमा जनकपुर टुडेले मनोज जायसवालसँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा तपाईंलाई किन बताउने, जे छाप्नु छ छाप्नुस, म भारतीय नागरिक होइन, पाकिस्तानी नागरिक पनि हो, तपाईंलाई के मतलब भनि गÞैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए । विभिन्न किसिमका संगठित वित्तीय अपराधमा संलग्न रहेका मनोज भारतमा अर्को नामको सरकारी पहचानविभिन्न किसिमका संगठित वित्तीय अपराधमा संलग्न रहेका मनोज भारतमा अर्को नामको सरकारी पहचान पत्र समेत बनाएको छ । त्यस्तै श्री मनोकामना मनी चेन्जरको नाममा अवैध कारोबार गर्दै आएका स्व. शम्भु साह सोनारको छोरा गोपाल साह सोनार दोहोरो नागरिक भएको खुलेको छ । भारतीय अवैध रुपैयाँको कारोबार गरेको अभियोगमा राजश्व अनुसन्धान र पर्सा जिल्ला अदालतमा नेपाली नागरिक भएको आधारमा तारेखमा रहेका गोपाललाई पक्राउ गरेर दोहोरो नागरिकता लिएको अभियोगमा कारवाही चलाउनु पर्ने माग उठ्न थालेको छ । अवैध हुण्डी र सुन चाँदीको कारोबार गरी अकूत सम्पत्ति आर्जन गरेको गोपाल साह सोनारमाथि सम्पत्ति शुद्धिकरण आयोगमा मुद्दा हाल्ने तयारी थालेका छन् ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=1s


