स्वास्थ्य नै धन हो । शरीर माद्यम् खलु धर्म साधनम् । स्वस्थ्य शरीरमा स्वस्थ्य मष्तिष्कको विकास हुन्छ । अर्थात आजको प्रतिस्पर्धात्मक समयमा सरभाइभ गर्नका लागि स्वस्थ्य हुनु पहिलो सर्त हो । स्वस्थ्य मानिस मात्र आफ्नो चाहना पुरा गर्न सक्षम हुन्छन् । यसका लागि नवजात शिशु अवस्था देखि नै मानिस सुपोषित हुनुपर्दछ, गर्भमै तन्दुरुस्त र विकारमुक्त हुनुपर्दछ किनभने मानिसको घण्% विकास गर्भावस्थामै भएको हुन्छ । स्वस्थ्य शिशुलाई जन्म दिनका लागि स्वस्थ्य आमा चाहिन्छ । तर प्रदेश नं.द्द मा स्वस्थ्य मानिस र स्वस्थ्य शिशुका लागि केहि वाधा, अवरोधहरु छन् र सात वटै प्रदेशहरु मध्ये सबैभन्दा वढि कुपोषित मानिस , बालबालिकाहरुको सङ्ख्या प्रदेश नं.द्द मै रहेको छ । यहाँ ख्याउटे, दुब्लो÷पात्लो, पुडके, कम तौल, रक्त अल्पता भएका शिशुको सङ्ख्या धेरै देख्ने गरिएको छ ।
कुपोषित र रक्त अल्पता भएका आमा पनि यसको एउटा प्रमुख कारण हो । कुपोषणलाई परास्त गर्नका लागि प्रदेश नं.द्द को विद्यमान नीति तथा कार्यक्रममा प्रदेश नं.द्द लाई कुपोषण मुक्त प्रदेश बनाउने अठोट लिइएको छ । आवश्यकता छ नीति तथा कार्यक्रमको सहि र प्रभावकारी कार्यान्वयन । यसका लागि सम्बन्धित मन्त्रालय, निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल, सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था, सेवाग्राही, नागरीक समाजका साथै स्थानिय तह; भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय; महिला , बालबालिका, युवा तथा खेलकुद मन्त्रालय जस्ता सरोकारबाला निकायहरुले अझ तदारुकताका साथ काम गर्नु पर्ने देखिन्छ । न्यून साक्षरता भएको परिवार, समुदाय, र ठाउँमा कुपोषणको प्रभाव अधिक हुन्छ । तसर्थ सबैलाई साक्षर मात्र होइन, शिक्षित बनाउने तिर विशेष ध्यान दिनु पर्दछ । शिक्षा जस्तो बहुउद्देशीय कार्यक्रमले पछौटपन, गरिबी, रुग्नता जस्ता प्रत्येक विकृतिलाई निर्मुल गर्न अग्रणी भुमिका निर्वाह गर्दछ । प्रत्येक सुत्केरी आमा र किशोरी विशेष गरेर सिमान्तकृत परिवारलाई प्रजनन शिक्षा, सन्तुलित आहार, स्तनपान, स्वास्थ्य संस्था संग नियमित संपर्क आदिको महत्ववारे जानकारी गराउनु अति आवश्यक रहेको छ । बीस बर्स पछि मात्र बिहे गर्ने, परिवार नियोजन साधनको उपयोग, गर्भान्तर एवम् जन्मान्तरको फाइदा, खानामा पौष्टिक तत्वको महत्व, हरेक बार खाना चार, सुत्केरी हुनु भन्दा अगाडि र पछाडि आइरन र फोलिक एसिड चक्कीको सेवन आदि वारे आमा , सुत्केरी र किशोरीलाई जानकारी गराउनु पर्ने हुन्छ ।
अघाएर खानु भन्दा प्रोटिन,भिटामीन, मिनरल, फाइवर आदि पौष्टिक तत्वको ठीक मात्रामा उपभोग गर्नाले कुपोषित हुनबाट बच्न सकिन्छ ।हुनत यहाँ दिनहु सयकडौं क्विन्टल अन्न/दलहन/तेलहन जस्ता खाद्यान्नको आयात हुन्छ ।तर पनि प्रदेश नं.द्द मा पर्याप्त अन्न भएर मात्र हुदैन विभिन्न अन्न, फलफुल, सागसब्जी, दुधदही, माछामासु आदि दैनिक रुपमा ठीक ठीक अनुपातमा उपभोग गरिनु पर्दछ ।साथै आमा र बच्चालाई समय समयमा खोप, जुकाको औषधि, बालभिट्टा, पोषिलो खाना आदिको समुचित वितरण र उपयोग भए÷नभएको अनुगमन गरिनुपर्दछ । फास्टफुडको उपभोग, टि.भी. र मोवाइलको अत्यधिक प्रयोग, गुटखा सेवनलाई निरुत्साहित गर्नुपर्दछ। शिशुको लागि अमृत समान हुने विगौतीको दुध फाल्ने परम्परालाई हतोत्साहित गर्दै विगौतीको दूध शिशुलाई नै खुवाउने संस्कारको विकास गर्नुपर्दछ । उमेर अनुसार बच्चाको उचाई र तौल हुनुपर्नेमा विशेष ध्यान दिनुपर्दछ । यसका लागि दुई वर्षमा चौबीस पटक बच्चाको तौल लिनु पर्ने हुन्छ । यस्ता अनिवार्य क्रियाकलाप वारे जानकारी प्रत्येक परिवारलाई हुनुपर्दछ । यो कार्यमा स्वास्थ्य कार्यकर्ता, महिला स्वयंसेविका, आमा समूह, गै.स.सं. बाट खटिने समुदाय परिचालक, प्रबुद्ध वर्गले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परिवारका प्रत्येक सदस्य कुपोषणबाट मुक्ति पाउने उद्धेश्यले स्वास्थ्यकर्मीहरु समुदायमा उपलब्धिमूलक ढङ्गले जनजागरण अभियान चलाउनुपर्ने देखिन्छ । कुनै पनि कार्यक्रम सफल बनाउनका लागि बजेटको महत्वपुर्ण भूमिका हुने गर्दछ । जनङ्ख् या अनुसार पालिकाहरुमा बजेटको व्यवस्थापन गरिनु पर्दछ । स्वास्थ्य क्षेत्रमा न्यूनतम ज्ञण्% बजेट विनियोजन हुनु पर्दछ । सिमीत श्रोत र साधनको उच्चतम उपयोग गरिनु पर्दछ ।
पुर्नस्थापना गृहको सङ्ग्ख्या बढाउनुका साथै यहाँ भर्ना हुने कुपोषित बच्चा र स्वास्थ्य कर्मीले पाउने सेवा र सुविधालाई यथोचित उपयोग गरिनुपर्दछ । सुत्केरी आमा र सुत्केरी गराउने स्वास्थ्य कर्मीले पाउने आर्थिक सहुलियतलाई सर्वसुलभ बनाउनु पर्दछ । महिला स्वयंवसेविका र आमा समुहले आफ्नो सेवा क्षेत्रको प्रत्येक घर परिवारको गर्भवती, सुत्केरी, नवजात शिशु र बच्चाहरुको ट्रयाकिङ्ग गरी उनीहरुको स्वास्थ्य अवस्थाको अभिलेखीकरण गरी नियमित रिपोर्टिङ्ग गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनु पर्दछ । पाँच वर्ष भन्दा मुनि मृत्यु हुने दुई तिहाई भन्दा वढी बच्चामा कुपोषणको समस्या हुने गरेको तथ्याङ्कले देखाउँदछ । त्यसरी नै कुपोषित बच्चाको लगभग एक तिहाइमा क्षयरोग हने सम्भावना बढि देखिन्छ । पालिका र गै.स.सं. ले विपन्न परिवारमा पौष्टिक तत्व भएको खाद्यान्न, हात धुने साबुन, मास्क जस्ता बति आवश्यक सामाग्री वितरणमा अग्रसरता देखाउनु पर्दछ । त्यस्ता विपन्न परिवारका वेरोजगार मानिसलाई प्रधामन्त्री रोजगार कार्यक्रममा प्राथमिकता दिनु पर्दछ । विद्यालयमा सञ्चालनहुने दिवा खाजा कार्यक्रममा समुदायलाई समेत सहभागी गराई अधिकाधिक बालबालिकालाई सहभागी गराउनु पर्दछ । बालबालिकामा साबुन पानीले हात धुने बानीलाई अभ्यस्त बनाउनु पर्दछ जसबाट घरको सदस्यले पनि सिक्ने अवसर प्राप्त गर्दछ । यसबाट हात नधुने कारणबाट श्रृजित रोगलाई नियन्त्रण गर्न सहयोग पुग्दछ । स्वास्थ्यका कार्यक्रमहरु होलिस्टिक एप्रोचबाट सम्पादन गर्दा किफायती, समय र अवसरको सदुपयोग हुनुको साथै कार्यक्रम तोकिएकै समय भित्र सम्पन्न गर्न सहयोग पुग्दछ । जस्तै खोप कार्यक्रम सञ्चालन गर्ने वेलामा बालबालिका, किशोरी तथा आमामा कुपोषणको अवस्था, शिशुको तौल, परिवार नियोजनको साधनको उपलब्धता र वितरण आदि विषयमा छलफल, अभिलेखीकरण र रिपोर्टिङ्ग गरेर देखा परेका समस्यालाई समाधान गर्न पहलकदमी गर्न सकिन्छ । कुनै पनि कार्यक्रमलाई सफल बनाउन पहिलो चरणमा तथ्याङ्कको आवश्यकता पर्दछ ।
आवधिक रुपमा खण्डीकृत तथ्याङ्क लिने तथ्यलाई प्रश्रय दिएर स्वास्थ्यका विभिन्न सूचकहरुको अवस्थालाई अद्यावधिक गर्नु पर्दछ । यसबाट कार्यक्रमको प्रारुप निर्माण गर्न सहज हुनुका साथै कार्यक्रमको प्राथमिकीकरण गर्न मद्दत पुग्दछ । कुपोषण विभिन्न विषय र क्षेत्रसंग अन्तरसम्बन्धित भएको कारणले व्यस्ता विषय र क्षेत्रको अवस्थालाई सुधार गर्नु पर्ने हुन्छ । कृषिमा सुधार, महिला सशक्तिकरण, व्यवहारमा परिवर्तण , निःशुल्क माध्यमिक शिक्षा, रोजगारी श्रृजना आदिले कुपोषण नियन्त्रण गर्न धेरै सहयोग गर्दछ । आफ्नो मातहतका निकायबाट सम्पादन हुने क्रियाकलापलाई उपल्लो निकायबाट नियमित रुपमा उपचारात्मक अनुगमन गरेर देखापरेका समस्यालाई समाधान गर्न अग्रसरता देखाउनु पर्दछ । प्रत्येक स्थानिय तहले सामाजिक पुर्वाधारमा लगानी गर्न अग्रसर हुनुपर्दछ । स्वास्थ्यको क्षेत्रमा पोषण मैत्री वातावरण कायम गर्नु पर्दछ । कुपोषण मुक्त वडा र पालिका घोषणा गर्न प्रत्येक स्थानिय तहले स्वास्थ्य क्षेत्रमा विशेष चासो लिनु पर्ने देखिन्छ । विपद र इमरजेन्सीको बेलामा पोषणलाई अझ बढी महत्व दिनु पर्ने हुन्छ । यसका लागि कार्ययोजना सहित पुर्वतयारी गर्नुपर्दछ । पोषणमा भएको लगानीबाट स्वास्थ्य क्षेत्रमा कैयौं गुणा हुने खर्चलाई जोगाउन सकिन्छ ।