अपडेट 
२०७८ पुष १५, बिहीबार ०६:२२

सर्लाहीको मलंगवामा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार मलंगवामा आयोजित एक समारोहबीच राजश्रीको साधारणसभा सम्पन्न भएको हो । पुर्व सांसद रामचन्द्र रायले राजश्री २१औँ वार्षिक साधारणसभाको उद्घाटन गरेका थिए भने संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७७÷०७८ को आय–व्यय प्रस्तुत गरेका थिए । अध्यक्ष यादवले प्रस्तुत गरेको वासलातमा उल्लेख भए अनुसार संस्थाको एक वर्षको अवधिको निक्षेप ११ अर्व ९४ करोड ७३ लाख ६१ हजार रुपैयां रहेको छ भने ८ अर्ब ७१ करोड १२ लाख ३९ हजार रुपैया ऋण लगानी गरेको छ । संस्थाले सोही आ.ब.मा १२ करोड ३७ लाख ७२ हजार ६ सय ९१ रुपैयां नाफा कमाएको उल्लेख गरिएको छ । कार्यक्रममा सांसद रायले राजश्री नाफामा गएको र संस्था नाफामा जान्मा सम्पूर्ण कर्मचारी ,सेयरधनी,बचतकर्ता ,फिल्ड कर्मचारीहरुको ठूलो योगदान रहेको बताए । सोही अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले सबै भन्दा बढी ७ करोड ५१ लाख रुपैया निक्षेप असुल गरेर उत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल भएका मलंगवाका खुशीलाल यादवलाई कदरपत्र र पुरस्कार द्वारा सम्मानित गरिएको छ ।

यादवसंगै ४ करोड ८५ लाख रुपैया निक्षेप असुल गरेर दोस्रो स्थान हासिल गरेका छन् भने सतिश मल्लिकले २ करोड ९३ लाख निक्षेप असुल गरेर तेस्रो स्थान हासिल गर्न सफल भएका संतोष कुमार साहलाई पनि यादवले कदर पत्र र पुरस्कारले सम्मानित गरिएको छ । कार्यक्रममा जेसिज माध्यमिक विद्यालय मलंगवाका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमका प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश २का दलित आयोगका अध्यक्ष राम प्रवेश बैठा, संस्थाका मुख्य प्रबन्धक राजनहरी श्रेष्ठ ,प्रबन्ध निर्देशक राम लक्षण राय,उपाध्यक्ष सत्यनारायण अग्रवाल ,भुपु डिभिजन सहकारी कार्यालय प्रमुख सुरेन्द्र लाल कर्ण लगायत,सेयरधनी, बचतकर्ता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News