अपडेट 
२०७८ पुष १५, बिहीबार ०६:२६

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्रावधिक शिक्षाको हव बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

बुधवार आयोजित जनकपुरधामको मोनाष्टिक विद्यालयको ३६ आंै वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री राउतले प्रदेश २ प्राविधिक शिक्षाको लागि उपयुक्त रहेकोले यसलाई प्राविधिक शिक्षाको हबको रुपमा विकास गर्नुपर्ने बताए । प्रदेश २ प्राविधिक शिक्षा मेडिकल शिक्षा र कृषि शिक्षाको लागि उत्तम रहेकाले प्रदेश सरकारल तीनै क्षेत्र संग सम्बन्धित विश्व विद्यालय स्थापना गर्न लागेको जानकारी दिए । परम्परागत शिक्षाले प्रदेश र देशको विकासमा खासै सहयोग नपुग्ने बताउंदै उनले प्रदेश २ निजी क्षेत्रले पनि प्राविधिक शिक्षामा लगानी गर्नुपर्ने धारणा राखे । मोनाष्टिक स्कुलले शिक्षा क्षेत्रमा दिंदै आएको योगदानको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले विद्यार्थीहरुलाई लगनका साथ अध्ययनमा लाग्न सुझाए । मोनाष्टिकले ३६ औ वार्षिकत्सवको अवसरमा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक,कर्मचारी, सरसफाईकर्मीलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक डा.सोनु साहले स्वागत मनतव्य राखेका थिए भने कार्यक्रममा प्रदेश सांसद रामअशिष यादवले मोनाष्टिक जनकपुर क्षेत्रको शिक्षामा दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।

https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=3s

Comment


Related News

Latest News

Trending News