अपडेट 
२०७८ पुष १५, बिहीबार १५:११

बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँमा झरेको छ ।

बुधबार ९२ हजार ५ सय रुपैयाँमा छापावाल र ९२ हजार रुपैयाँमा प्रति तोलामा तेजावी सुनको कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको बिहीबारको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News