अपडेट 
२०७८ पुष १५, बिहीबार १९:१६

खाद्य प्राविधि तथा गुणनियन्त्रण डिबिजन कर्यालयको वार्षिक कार्यक्रम अन्तर्गत डिभिजन कार्यालयको आयोजना ,तथा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजको सहाअयोजना मा बिरगंजको रोयल पार्टी प्यालेशमा बिरगंजका होटल ,रेस्टुरेन्ट ,पार्टीप्यालेस ,मिठाइ पसलहरुलाई खाद्य स्वच्छता ,गुणस्तर ,स्तरिकरण तथा लोगो बितरणको लागि आबश्यक प्रक्रिया को बारेमा छलफल एबम अन्तर्कृया कार्यक्रम सप्पन्न गरियेको छ ।

खाद्य प्राविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जनकपुरका अधिकृत श्री को अध्यक्षता सप्पन्न उक्त कार्यक्रममा बिरगंज का छद्दओटा होटलका संचालक एबम प्रबन्धहरु को उपस्थित थिये । कार्यक्रममा डिभिजन कार्यालयले आप्नो कार्य पत्र प्रस्तुत गर्दै होटलको स्तरिकरण को प्रक्रिया तथा होटल पूरा गर्नु सामन्य अबस्थाको बारेमा प्रकाश पार्नु भयेको थियो । कार्यक्रममा विशिष्ट अतिथि भुमिकामा आफ्नो मत्तब्य राख्दै होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले डिभिजन कार्यालयले अनुगमन को क्रममा केही अनावश्यक निर्देशन पनि दिने गरेकोले केही ब्यबहारिक कुराहरु लाई पनि ध्यान दिन अनुरोध गर्नु भयो । दिलिप राज कार्की ले सहजीकरण गर्नु भयेको कार्यक्रममा डिभिजन कार्यालय बिरगंजका प्रमुख बिक्की राउतले स्वागत मन्तव्य राख्दै अन्तर्कृया कार्यक्रम को विषय बस्तु माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा उहाले अब चाडै बिरगंजका होटल हरुको वर्गीकरण तथा स्तरिकरण गरिने बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , प्रहरी उपरीक्षक रमेश बस्नेत ,लर्ड्स दियालोका संचालक अनुज रुङ्ता , मोहन प्रधान र रन्जेश श्रेष्ठलगायेत ले आफ्न मन्तब्य प्रकट गरेका थिये ,यश अगि सोही सभाहलमा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंज ले बिरगंजका प्रमुख जिल्ला अधिकारि उमेश ढकाल र पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेत लाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको थियो ।

Comment


Related News

Latest News

Trending News