नेपाल भारत सीमाक्षेत्रका नागरिकबीचको सामाजिक विकासमा जोड दिएका छन् ।
नेपाल भारत सहयोग मञ्चको २५ औं वर्ष पूरा भएको रजतउत्सवको अवसर तथा भारतीय स्वतन्त्रता दिवस अमृतोत्सवको अवसरमा वीरगन्जमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरूले यस्तो जोड दिएका हुन् । नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपंक्षअं विकासमन्त्री महिन्द्र राय यादवले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा, संघीय संसद लक्ष्मणलाल कर्ण, भारतीय लोकसभाका संसद सञ्जय जयसवाल, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, वीरगन्ज स्थित भारतीय महावाणिज्यदूततावासका महावाणिज्यदूत नितिस कुमार, उद्योगपति बाबुलाल चाचान, उमेशचन्द्र ठाकुर लगायतले सीमाक्षेत्रको समस्याको विषयमा बोलेका थिए । काठमाडौं र दिल्लीको सम्बन्धले मात्रै दुइदेशको सम्बन्ध मजबुत नहुने भन्दै सीमाक्षेत्रका जनता जनताबीचको सम्बन्धको विषयमा गम्भीर हुनुपर्ने बताएका छन् ।


