२०७८ पुष १६, शुक्रबार ०७:०१

महोत्तरी । पछिल्ला दुई दिन सिमसिमे पानीसँगैको चिसो स्याँठले आहत खेपेका महोत्तरीवासीलाई बिहीवार बिहीवार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ । मङ्गलबार मध्यरातपछि छिनछिनमा पर्ने सिमसिमे पानी र त्योसँगै बहने चिसो स्याँठले आहत भएका सर्वसाधारणलाई बिहीवार बिहानै झुल्केको पारिलो घामले राहत दिएको हो । पारिलो घाम झुल्केसँगै अब चिसो अलि कम हुने सर्वसाधारणले आस पालेका छन् ।

“पुसमा जाडो भयो त के भन्नु ? यो महिना नै जाडोको हो, तर पछिल्ला दुई दिनको छिटफुटे पानी पराई र चिसो बतासले निकै अत्यायो”, जिल्लाको बर्दिबास नगरपालिका–२ बुद्धचोकका ६५ वर्षीय श्याम घले भन्नुहुन्छ, “बिहीवार भने बिहानै पारिलो घाम देखियो, अब मौसम सुध्रने आस जाग्यो ।” घाम देखिएपछि पछिल्ला दुई दिन घरमै गुजल्टिएर बसेका गरिब बस्तीमा पनि काममा निस्कने चहलपहल देखिएको छ । जिल्लाको उत्तरी भेगमा एकाबिहानै घाम देखिएपनि सुदूरदक्षिणी भेगमा भने बिहीवार पनि अबेरसम्म हुस्सु देखिएको छ । यद्यपि हुस्सुभित्रै घामका किरण देखिन थालेका हुँदा चिसो बतास चल्ने क्रम घटेर हिडडुल गर्न पाइने आस जागेको भार तसँगै सीमा जोडिएको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीका ७० वर्षीय किसान रहिमन मण्डल बताउनुहुन्छ । जिल्लाको उत्तरीक्षेत्रमा झलमल्ल घाम लाग्दा पनि दक्षिणी भेगमा भने मङ्सिर मध्यदेखि नै हुस्सु लाग्दै आएको छ । दक्षिणतिर झुरमुट्ट (गुजुमुज्ज) बस्ती हुने, पतिङ्र र झुत्रा प्लाष्टिक बालेर घूर ताप्ने र पोखरी धेरै भएको हुँदा त्यसको वाष्पीकरणले हुस्सु बढी लाग्ने गरेको जलवायु क्षेत्रमा कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । यो सँगै विश्वव्यापी जलवायु परिवर्तनको असर मुख्य भएको उहाँको यादवको ठहर छ । पछिल्ला केही दिनयता मलिनो घाम लाग्ने र चिसो सिरेटो बहने क्रमले जाडो ह्वात्तै बढाएको थियो । यसैबीच पछिल्ला दुई दिन परेको सिमसिमे पानीले घर बाहिर निस्कन नसकेका वृद्धवृद्धा पनि बिहीवार घाम देखिएपछि जिउ तताउन बाहिर निस्केका छन् ।

एकाबिहानै घाम लागेसँगै महोत्तरीका सबैतिरजसो बजारु चहलपहल ह्वात्तै बढेको छ । पछिल्ला दुई दिन गोठमै बाँधिएका घरपालुवा पशुबस्तु बिहीवार घाम देखिएपछि फुकाइनासाथ पूmर्तिले उफ्रिएका छन् । सुध्रदो मौसमले पशुबस्तुलाई आहारा जुटाउन सजिलो भएको किसानको भनाइ छ । झलमल्ल घाम देखिएपछि सबैभन्दा बढी राहत पराले झुप्रा बस्तीका गरिबले महसुस गरेका छन् । गरिबीले खाने÷ लाउने चाँजो नमिल्दा सबै कुरामा प्रकृतिमाथि निर्भर भएका आपूmहरुको दुःख ईश्वरले नै बुझेर घाम भुल्काइ दिएका भङ्गाहा–४ रामनगर मुसहरीटोलका अगुवा ६५ वर्षीय जुगला सादा बताउनुहुन्छ । भोकै छटपटिने, चिसोले ज्यान लिने र अभावमा खुट्टा टेकेर उभिनु पर्ने सबै हाम्रा जिम्माका कुरा हुन् भन्ने लाग्छ”, उहाँ भन्नुहुन्छ, “हामी गरिब ईश्वरले चाँजो मिलाए बाँच्नेसम्म मात्रका हौं ।” भगवान (सूर्य) उदाउनु भएपछि बनीबुतो गर्न निस्कन पाइन्छ भन्ने लागेको सादाको भनाइ छ । पहिले आफ्नो गरिबीप्रति कतै गुनासो नगर्ने मुसहर अब भने राज्यका निकायबाट उपेक्षित हुनु परेको बुझ्न र भन्न थालेका छन् । ‘हामीलाई हेर्ने को छ र ?’ भन्ने जुगलाको व्यथा राज्यका निकायप्रतिकै व्यङ्ग भएको भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News