अपडेट 
२०७८ पुष १६, शुक्रबार ०७:१५

सरकार तीनै तहको निर्वाचनको तयारी गरिरहेका वेला विभिन्न नाममा आन्दोलन तीव्र हुँदै गएको छ । आन्दोलन तीव्र गरेर आपूmलाई जनता सामु ल्याउन सवै लागि परेका छन् ।

विगतमा पनि जनताकै लागि आन्दोलन भएको थियो, आज पनि जनताकै लागि आन्दोलन हुँदैछ र आगामी दिनहरुमा पनि जनताकै लागि आन्दोलन हुनेछ र जनता नित्य जनता भएरनै बस्नेछ त्यसमा जनता आशन्वित भएर बसे हुन्छ । वास्तविक जनताले त्यो आन्दोलनवाट प्रतिफल पाएका छैनन् । कहिले मधेशी त कहिले दलित त कहिले किसानको नाममा । तर, वास्तविकता भने अहिले समाज समक्ष ऐना झैं अन्ततः जनताले के पायो दलितको नाममा भएको विगतका आन्दोलनहरुमा कमाउनेहरु कमाए, एनजीओकर्मी, राजनीतिक दलका नेताहरुको जीवन स्तरमा भने व्यापक परिवर्तन आए तर के दलितले अधिकार पायो ? के दलितहरुको जीवन स्तरमा सुधार आयो ? आयो दुई चार जनालाई हेराए एनजीओकर्मीहरुको जीवनस्तरमा भने परिवर्तन आयो । उखु किसानहरुले आन्दोलन गरे, विभिन्न सहमति सम्झौताहरु भयो तर, उनीहरुले नत पैसानै पाए नत नत उनीहरुको समस्यानै सामाधाननै भयो । चतुरको चातुर्यबाट आम जनता भने धोका पाउँदै आएका छन् । जनताले पनि उनीहरुको चातुर्यपना बुझ्न नसक्नु र आफ्नो खुट्टामा बञ्चरो हान्नु सरह हुन्छ । जनताको भावनासंग विगतमा भएको खेलवारलाई अहिले पनि निरन्तरता दिनु र परिवर्तनको संज्ञा दिनु भ्रम सिर्जन बाहेक अरु केही पनि होइन् । अहिले भइ रहेको किसानको आन्दोलन वास्तवमा किसानकै लागि हो कि त्यस पछाडिका व्यक्तिहरु आफ्ना राजनीतिक रोटी सेकि रहेका छन् त्यो बुझ्नु आम जनताका लागि जरुरी छ । जनताले आफ्नो स्वविवेक प्रयोग नगर्नु र सामान्य प्रलोभनमा परी चतुरहरुको स्वार्थ मात्रै सिद्ध गरिरहेको परिदृश्य चिन्तनीय छ । अहिलेको आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतले विगतमा स्वराजको कुरा उठाए । विभिन्न ठाउँवाट पक्राउ परे । प्रहरीको खोजाइको मुख्य अभियुक्त जस्तै भए । तर, त्यस आन्दोलनहरुवाट उनले कुनै मुद्दालाई स्थापित गराउन सकेन् ।

अहिले विभिन्न पालिका र जिल्लाहरुमा थालेका आन्दोलन वास्तवमा मात्रै किसानहरुको लागि हो कि आगामी निर्वाचनलाई मध्यनजर गर्दै थालिएको हो ? आम जनताले वुझ्नु जरुरी छ । भ्रष्टाचारको मुद्दामा ठोस प्रमाणहरु जुटाउन नसकेपछि राउतले भ्रष्टाचारको मुद्दालाई पनि त्यागे । आफ्नो घरको अगाडि सडक नबनाएको झोंकमा राउतले जनताको जन कारवाही भनेर डिइलाई घोर अपमान गर्दै नाङ्गो पारी सडकमै घुमाए । उनको घरको अगाडिको सडक बनेपछि भ्रष्टाचारको मुद्दा विसर्जन गरे । उनी जनताले जनकारवाही गरेको भन्दै आफ् नो घर अगाडिको सडक पीसीसी गराए । आफ् नो स्वार्थमा लिन भएका राउत अहिले आएर जनतालाई मल वीउ उपलव्ध गराउनु पर्ने माग राख्दै आन्दोलन थालेका छन् । अमेरिकामा दशकै समय विताएर विलासिता जीवन विताएका राउतमा यहाँका किसानहरुको समस्या भने विकराल लाग्नु स्वाभाविक हो । जुन देशमा निर्यात भन्दा बढी आयात हुने गरेका छन् त्यो देशमा कुनै पनि सामग्री सहज रुपमा कहाँवाट पाउन सकिन्छ । यहाँ मल, वीउ मात्रै होइन् खाने चामल, दालदेखि लिएर ठूल ठूला सामग्री समेतमा परनिर्भरता हुनुपर्ने अवस्था छ । देशको अर्थतन्त्र धराशय हुने अवस्थामा उनले हेर्ने गरेको भ्रष्टाचार कमिसनखोरी र जनताको पीडाको अन्त्यका लागि कानुनी प्रावधान र प्रक्रियाहरु ल्याउनुपर्ने हुन्छ जस विषयमा उनी एक शव्द पनि बोलि रहेका छैनन् । संघ सरकारले नेपाल भारत वीचको बोर्डरहरुवाट सहज रुपमा मल वीउ ल्याउन दिए किसानहरु भारतीय बजारहरुवाट पनि मल वीउ ल्याउन सक्थे तर, सरकारले तस्करीको नाममा किसानहरुवाट मल वीउ खोस्ने गरेका छन् । सरकारको नीति विरुद्ध गर्नुपर्ने आन्दोलनको सट्टा उनले सडकमा गाडी तोडफोड र आगजनी गरी बास्तवमा किसानहरुको समस्या सामाधान हुने अवस्था छैन् ।

सरकारको नीति विरुद्धको आन्दोलन नगरी जनताको आन्दोलन जनताको आन्दोलन गरी समस्या सामाधान नहुने भएकाले किसानको समस्यामा कम्तीमा राजनीति गर्नु दुःखद र निन्दनीय छ ।

Comment


Related News

Latest News

Trending News