अपडेट 
२०७८ पुष १६, शुक्रबार १०:००

भारतमा कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या दिनहु बढ्दै गएको छ । खासगरि महाराष्ट्रमा ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् ।

भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ ।

नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारतमा अहिलेसम्म ९६२ जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।

Comment


Related News

Latest News

Trending News