अनिल तिवारी, वीरगन्ज |
वीरगन्ज स्थित भारतीय महाबाणिज्य दुतावासले व्यञ्जन महोत्सवको आयोजना गरेको छ ।
भारतीय स्वतन्त्राका ७५औ बर्षगााठको अवरमा मनाइदै आइएको आजादीको अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा वाणिज्य दूतावास परिसरमा “भारतीय व्यञजन महोत्सव“ आयोजना गरिएको हो । व्यञजन महोत्सवको उद्घाटन महावाणिज्यदूत नितेश कुमारद्वारा गरिएको थियो । पर्सा र बाराका प्रमुख उत्कृष्ट होटल र रेष्टुरेन्टहरू जस्तै होटल इच्छा, सिमरामा क्लासिक प्लाजास वीरगन्जको क्लार्क्स रिसोर्ट, भिसुवा, दियालो लर्ड्स प्लाजा, डिलाइट गो, प्योर केक र भुक्कडले महोत्सवमा आफ्नो स्टल लगाएर भारतीय विभिन्न परिकारहरु व्यवस्थापन गरिएको थियो । महोत्सवमा आयोजित सांस्कृतिक कार्यक्रममा स्थानीय विद्यालय ज्ञान्दा एकेडेमी, डीएभी र डिपिएसका बालबालिकाको सहभागिता रहेको थियो । महोत्सवमा स्थानीय समाजसेवी लगायत सबै क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
इन्डियन फूड फेस्टिभलको उद्देश्य भारतीय खानाको विविधता र दायरालाई प्रर्दशन गर्नुका साथै नेपालमा यसको प्रवद्र्धन गर्ने रहेको थियो ।भारत नेपालबीच भारतीय खानाको आफ्नै महात्वका साथ नेपालमा पनि यसको लोकप्रियता र ठूलो सांस्कृतिक सम्बन्ध पनि हो।


