२०७८ पुष १७, शनिबार ०६:२६

राजविराज । जनमत पार्टीले किसान आन्दोलनको नाममा जारी राखेको बन्द हड् तालको विरोधमा शुक्रवार जुलुस भएको छ ।

मधेशका विभिन्न जिल्लामा विगत ४ दिन देखि आन्दोलनरत जनमत पार्टी विरुद्ध सप्तरीमा जुलुस नकालिएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाका वडाध्यक्ष विरुद्धबाट शुरु भएको आन्दोलन अहिले मधेशका जिल्लाहरुमा थालिएको छ । दुई दिन पहिला मात्रै वडाध्यक्षहरुले समिति बनाई जनमत पार्टी विरुद्ध आन्दोलनको घोषणा गरेका थिए । शुक्रवार सयौंको संख्यामा रहेका जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले जनमत पार्टी विरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले सीके राउत किसानलाई बदनाम गरी राजनीति गरि रहेको आरोप लगाएका थिए । आन्दोलनरत जसपाका नेता कार्यकर्ताहरुले भने–‘किसानको समस्या समाधान गर्नका लागि तीन तहको सरकार रहेका छन्, उनीहरुको जनप्रतिनिधि रहेका छन्, संघीय सरकारमा मधेशकै मन्त्री छन् ।

संघ सरकार किसानहरुको समस्या समाधानका लागि खरिद ऐननै संसोधन गरिरहेको छ ।’ जसपाका नेता कार्यकर्ताहरुले समयमा मल वीउ उपलव्ध नहुनुमा खरिद ऐन मुख्य बाधक रहेको भन्दै छिट्टै समस्या समाधान हुने बताएका थिए ।

Comment


Related News

Latest News

Trending News