२०७८ पुष १८, आईतवार ०६:०४
महोत्तरीमा मोटरसाइकल दुर्घटनाग्रस्त हुंदा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउंसो पूर्व पश्चिम लोकमार्गको माइस्थान चोकबाट पश्चिम तर्फ जाँदै गरेको तीव्र गतिमा रहेको ज ६ प ८३४२ को मोटरसाइकल आफै अनियन्त्रित भइ बर्दिवास नगरपालिका–४ मा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी सर्लाही जिल्लाको ईश्वरपुर–४ भक्तिपुरका ४८ वर्षीय भुवन प्रसाद उपाध्यायको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दुर्घटनामा घाइते भएका उपाध्यायलाई बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारको लागि लगिएको थियो जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उपाध्यायको शवलाई परीक्षणको लागि अस्पताल पु¥याइएको छ भने घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।
https://www.youtube.com/watch?v=rqXeGkrPWeA


