अपडेट 
२०७८ पुष १८, आईतवार १२:०८

स्‍नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले आन्दोलन गरेका छन् ।

जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् ।

विद्यार्थीले बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात अवरुद्ध गरेका छन् । विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन् ।

पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिए । आन्दोलनमा सबै विद्यार्थी संगठनको सहभागीता रहेको छ ।

Comment


Related News

Latest News

Trending News