२०७८ पुष १९, सोमबार ०६:३७

वीरगञ्ज । प्रेस चौतारी नेपाल पर्साको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

वीरगञ्जमा आइतबार सम्पन्न अधिवेशनले श्याम बन्जाराको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को महासचिव समेत रहेका बन्जाराको नेतृत्वमा सर्वसम्मतिले गठित समितिको उपाध्यक्षमा विजय भण्डारी, महिला उपाध्यक्षमा कविता खड्का, सचिवमा राजेन्द्र सिंह, सह–सचिवमा सद्दाव हुसैन र सन्तोष पटेल तथा कोषाध्यक्षमा राकेश साहको चयन गरिएको छ । समितिको सदस्यहरूमा नेहाल खान, एस.के. चौरसिया, मनिष पौडेल, धनन्जय मिश्रा, दीपेन्द्र साह, शम्भु थारू, प्रकाश तिवारी, निलम चौधरी, हेम चापागाँईं, कृष्ण कुशवाहा, विकास साह, मन्सुर खान, एंजल चौधरी, नितेश कर्ण सहितका रहेका छन् । समितिका पदाधिकारीहरुले आइतबार नै एक समारोह बीच सपथ ग्रहण समेत गरेका छन् ।

समारोहमा अधिवेशनमा प्रेस चौतारीसँग आबद्ध रही पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत रहेका शिवशंकर साह, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शत्रुधन नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, महेश दास, प्रताप श्रेष्ठ, विजय भण्डारी र कविता खड् कालाई सम्मान गरिएको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता, निर्माता देवकोटा, प्रभु हजरा, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साका प्रहरी उपरीक्षक रमेश प्रसाद बस्नेत, नेपाल उद्योग वाणिज्य संघ तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेकपा एमालेका नेता डा.विश्वम्भर शर्मा सहितको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News