अपडेट 
२०७८ पुष १९, सोमबार ०७:००

महेन्द्रनगरमा निर्माण भएको सुविधा सम्पन्न किंग्स क्याफेको उदघाटन गरिएको छ ।

आइतबार आयोजित एक समारोहबीच उदघाटन गरिए संगै किंग्स क्याफे सञ्चालनमा आएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्दनगरमा झण्डै एक करोडको लागतमा क्याफेको निर्माण गरिएको सञ्चालक संतोष महासेठले जानकारी दिए । महेन्द्रनगरमा एउटा पनि स्तरीय होटल नरहेको समयमा क्याफेमा पार्टीका लागि हल, क्याबिन रेष्टुरेण्ट, रुफ टप रेष्टुरेण्ट लगायत सुविधा रहेको छ । ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा आएको क्याफेमा आनन्ददायी रूपमा विभिन्न परिकारका खाजा तथा खानाको स्वाद लिन सकिने सञ्चालक महासेठले बताए । क्याफेले विभिन्न किसिमका अफर तथा सहुलियत सहित विभिन्न परिकारका खाना तथा खाजाका पार्सल गरी ा होम डेलिभरीको समेत व्यवस्था रहेको उनले जनाए । पारिवारिक तथा शान्त वातावरणमा बसेर स्वाद पारखी ग्राहकहरुकालागि उत्कृष्ट गन्तव्य बनाउने उद्देश्य लिएर क्याफे सञ्चालन गरिएको महासेठले बताए ।

Comment


Related News

Latest News

Trending News