अपडेट 
२०७८ पुष १९, सोमबार ०७:०२

विश्वको एकमात्र हिन्दु राष्ट्रको पहिचान बनाएको र विश्वका १ खर्ब भन्दा बढी हिन्दुहरुको आस्था एवं विश्वासको केन्द्र रहेको नेपालले आफ्नो पहिचानलाई समाप्त पारी धर्मनिरपक्ष चरित्रलाई आत्मसात गर्न बाध्य तुल्याईएपछिका विगत १५ वर्षमा नेपालमा इशाई मिसिनरीहरुको सक्रियतामा व्याप्कता आएको छ । ठाँउ–ठाँउमा चर्चहरु खुल्न थालेका छन तथा हिजोसम्म मन्दिरका पुजारी रहेकाहरुको छोरा अव आफूलाई ‘फादर’ भनिरहेका छन् ।

नेपालका कतिपय राजनीतिक दलका नेताहरु विदेशी ईशाइ मिसिनरीवाट प्रभावित तथा आकर्षित देखिन्छन । ८१ प्रतिशत हिन्दु १३ प्रतिशत बौद्ध र ३ प्रतिशत किरात धर्म मान्ने नेपालीहरुमाथि १५ वर्ष अघि बलजफित धर्म निरपेक्षताको असहय भारी लादने काम भयो । नेपाली जनताको गरिवी, अशिक्षा र पछयौटेपनबाट नाजायज लाभ उठाई तिनको धर्म परिवर्तन गराउनेहरु माथि समयमै कारबाही गरिएको भए उनीहरु पशुपतिनाथको मन्दिर क्षेत्रमा आफ्नो निम्तिश्मसानघाटको लागि जग्गाको माग गर्ने साहस जुटाउन सक्ने थिएनन् । फिलिपिन्सको युनिफिकेशन चर्चको प्रमुखवाट ‘होलीवाइन’ ग्रहण गरेर आशीर्वाद थाप्ने हाम्रो देशका कतिपय नेताहरुको दोहोरो चरित्रले पनि हाम्रो धर्म संस्कृतिमाथि ठूलो प्रहार गरेको छ । आफ्नो मौलिक धर्मलाई परित्याग गरी नया धर्मलाई आत्मसात गर्नेहरुले कहिल्यै समुचित मान–सम्मान र स्थान पाउन सकेका छैनन । युरोपबाट दक्षिणअफ्रिकामा आप्रवासनका निम्ति पुगेका गोरा जातिहरुको सम्बन्धमा विश्वविख्यात दक्षिणअफ्रिकी व्रिmश्चियन विशप डेसमन्ड टुटुले एकपटक सुनाएका कथावाट पनि हाम्रो आँखा खुल्नुपर्ने हो । यस महिना मात्रै अमरत्व प्राप्त गरेका उनले एक पटक भनेका थिए कि गोराहरु (इसाई धर्माबलम्बिहरु) दक्षिणअफ्रिकामा प्रवेश गर्नुभन्दा पूर्व त्याहको जग्गा जमिन र संसाधनहरुमाथि केवल रैथाने कालाहरुको मात्रै वर्चस्व र स्वामित्व थियो तर हात्तमा बाइबल बोकेर हाम्रो भुमिमा शरण लिन पुगेका उनीहरुले तिम्रो र हाम्रो साझा कल्याण उत्थान एवं आर्थिक प्रगतिको निम्ति ईश्वरसंग प्रार्थना गरौ भन्दै हामी एकै साथ मिलेर आँखा बन्द गरी प्रार्थना गर्न थाल्यौ ।

आँखा खुल्दा उनीहरुको हातमा रहेको बाइबल हाम्रो हातमा आए जबकी हाम्रा भूमि एवं संसाधनहरु उनको हातमा पुगिसकेछ । यसको अर्थ ईसाइहरुले बाईबललाई साम्राज्यवादको यन्त्रको रुपमा उपयोग गर्नैगर्दछन् । दक्षिणअफ्रिका लगायत अनेकौं अफ्रिकी देशहरुले भोगेको यस्तो हवीगत नेपालले पनि भोग्नु पर्ने छैन, के ग्यारेण्टी ी ५ बडा महाराजा धिराज पृथ्वीनारायण शाहले ईशाइ पादरीलाई नेपालबाट देश निकाला गरेको थिए । नोपलमा राजतन्त्र हुदाँसम्म हिन्दु धर्म संस्कृतिमाथि प्रहार भएन । देशका राजनीतिक दलहरुले हिन्दु धर्म र राजसंस्थालाई एक अर्काको पर्याय ठानी रिस एवं प्रतिशोधलले धर्म निरपेक्षता ल्याएर ठूलो गल्ती गरे । नेकपा माओवादीले सशस्त्र संघर्ष थालनी गरे यता हिन्दु धर्म संस्कृतिमाथि निरन्तर प्रहार भएको छ । धर्मलाई अफिम ठान्ने बामपन्थीहरुले स्वयं भने हिन्दु धर्मका मठ–मन्दिर एवं पण्डीत पुजारीहरुलाई किन आफनो निशाना बनाउने काम गरे ? संस्कृत पढने बटुकहरुको टुप्पो काटनु देखि लिएर संस्कृत शिक्षकलाई रुखमा झुण्डयाउने काम समेत भयो । नेकपा माओवादीका कतिपय नेताहरु चर्चमा प्रवेशगरी विधिवत रुपमा नै चर्चका पादरीवाट आशिवाद थापी इसाई धर्म ग्रहण गरिसकेका छन् । पश्चिमेली आर्थिक एवं राजनीतिक नीतिलाई समाजवाद, पुजीवाद एवं विस्तारवादको संज्ञा दिने नेपालका माओवादीहरुले ईसाइ धर्म संस्कृतिलाई प्रत्यक्ष वा परोक्ष रुपमा समर्थन गरेर धार्मिकसाम्राज्यवादका पक्षधर किन छन बुझन सकिएन ? माओको देश चीनमा त ईशाइ मिसिनरीहरुलाई यस्तो छुट एवं सुविधा छैन । त्यहाँ त उसले आफ्नो देशको ताओ धर्मलाई मात्र मान्यता दिएको छ । नेपालमा वि.सं. २०६५ सालमा जतिवेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डका’े नेतृत्वमा सरकार आएको थियो , त्यतिवेला पवित्र पशुपतिनाथ मन्दिरको सयौ वर्ष पूरानो स्थापित मान्यता माथि प्रहार गरी मूल पुजारी सहित सहायक पुजारीहरुलाई समेत हटाउने काम र प्रयास भएको थियो । नेपाल यदि साच्चिकै धर्मनिरपेक्ष राष्ट्र हो भन्ने अन्य धर्मका पूजा स्थलहरुमा समेत हस्तक्षेप गर्ने प्रयास राजनीतिकदलका कार्यकर्ताहरुवाट किन भईरहेको छैन ?

माओवादी समर्थित कार्यकताहरुले जनकपुरधामको पवित्र जानकी मन्दिरमा पनि विवाद सृजना काम नगरेका होईनन । स्वयं त आफ्ना अयोग्य लडाकुहरुको नाममा राज्यवाट प्राप्त करोडौ अर्बौ रुपैयाको हिसाव– कितावलाईपारदर्शी रुपमा राख्न नसक्ने माओवादी पार्टीले मन्दिरमा भक्तहरुवाट चढावाबो रुपमा आएको पैसाको हिसाव किताव खोज्नुभनेको धर्मप्रतिवितृष्णा उत्पन्न गराउने प्रयास हो । राज्यकोषवाट दिइएको रकमको छानबीन अवश्य पनि हुनुपर्दछ ,चाहे त्यो सरकारी कार्यालयमा होस, सामाजिक संघ संस्थामा होस अथवा धार्मिक संघ–संस्था र धर्मस्थलहरुमा राजनीतिक पूर्वाग्रहले ग्रसित भएर हुनु हुदैन । यसको निम्ति सरकार तथा उसकाजाँच संस्थाहरु नै पर्याप्त छन् । कुनै खास धार्मिक आस्थाबाट प्रभावितहरुले अन्य धर्मको आस्थामाथि चोट पु¥याउने काम गर्नु हुदैन । भारत र चीन जस्तो विशाल छिमेकी राष्ट्रको बीचमा अवस्थित नेपालले हाम्रा छिमेकीहरुको हित विपरीत नेपालको माटोबाट त्यतो कुनै पनि किसिमको गतिविधि हुन न दिने नीति नै बनाएको छ । स्वभाविक रुपमा नै भारत र चीनको धार्मिक मान्यतामाथि आँच पु¥याउने मनसायले नेपालमा सक्रिय हुन खोजने धार्मिक साम्राज्वादीहरुलाई पनि छुट दिन सकिदैन । स्वाच्छाले कुनै धर्म त्याग गर्नु र अर्को धर्ममा प्रवेश गर्नु व्यक्तिको मौलिक तथा जन्म सिद्ध अधिकार मानिन्छ तर बलपूर्बक अथवा लोभ दिएर कसैको धर्म परिवर्तन गराउनु अपराधको श्रेणीमा आउँछ । नेपालमा लोभ देखाएर धर्म परिवर्तन गराउने काम भइरहेको छ । हिन्दु धर्ममा रहेको जातिप्रथा, अस्पृश्यताको केही अंश, गरिवी, बेरोजगारीलाई बहाना बनाएर धर्मपरिवर्तन गराउने काम भईरहेको छ । नेपालमा हिन्दु अथवा बौद्ध धर्मलाई परित्याग गरेरईसाइ धर्ममा प्रवेश गरेका ९९ प्रतिशतहरु त आजसम्म आफ्नो नयाँ ईसाइ नाम पनि पाउन सकेका छैन्न ? पहाडका टोल–टोलमा चर्चहरुको स्थापना हुन थालेका छन ।

कतिपयले आफनो घरलाई चर्च बनाएका छन । मकवानपुरको एउटा पिछिडिएको गााँउका वासिन्दा जो आफूलाई एउटा शिव मन्दिरको पुजारी पनि बताई रहेका थिए, उन्ले दुःखेसो प्रकट गर्दे भनेका थिए कि उनको गाँउका व्यक्ति–व्यक्ति ईशाइ बनिसकेका कारण उनको निधन पश्चात शिव मन्दिरमा पूजागर्नै कोही हुने छैन । नेपाल जस्तो ९५ प्रतिशत भन्दा बढी ओकार परिवारका सदायहरु भएको देशमा बिना जनमतसंग्रह देशलाई धर्मनिरपेक्ष धोषित गर्नु हुदैन्यो । आज यूरोपेली राष्ट्रका व्यक्तिहरु शान्तिको खोजी गर्दे सनातन धर्ममा प्रवेश गरिरेका छन् । ध्यान, भक्ति, साधन र योग मार्फत शान्तिको अनुभुति गरिरहेका छन तर दुरभाग्य हाम्रो देशमा सनातन धर्म संस्कृति प्रति वितृष्णा जगाउने काम भइरहेको छ । अमेरिकी राष्ट्रपतिलाई बाइबलमाथि हात राखेर शपथ खाने छूट छ , डेनमार्क स्वीडेन र नर्वे लगायत मुलुकका राजतन्त्रलाई लुथरन चर्चसित सम्बन्ध राख्ने छुट छ । बेलायतकी महारानी पनि चर्चका प्रमुख बन्न सकछिन तर नेपालका राजनीतिहरुलाई आफ्नो धर्म संस्कृतिमाथि गर्व गर्न लाज लागिरहेको छ । नेपालको संविधान २०७२ को निर्माणका बखत ७ वर्ष पूरानो गल्तिलाई सच्याउनेअवसर प्राप्त भएको थियो तर देशलाई पुनः हिन्दु धर्म निरपेक्ष राष्ट्र घोषित गरियो । यस गल्तीले रा.प्र.पा. नेपाललाई अस्तीत्व विहिन नै बनायो । नेपाली काँग्रसका कतिपय नेताहरुपनि फुर्सदका बेला हिन्दु धर्मको पक्षमा उभिएका देखिन्छन तर आफ्नो पार्टीको घोषणपत्रमा यसवारे उल्लेख गर्न सक्दैनन् । नेपालमा धर्म परिवर्तनको घटनामाथि रोक लगाइएन भने देश ईसाइ करणको बाटोमा बढने निश्चित छ ।

Comment


Related News

Latest News

Trending News