२०७८ पुष १९, सोमबार १२:२५
सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई ९ महिनामा त्यहाँबाट सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए । पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए ।
https://www.youtube.com/watch?v=R7LsVtWys04


