२०७८ पुष १९, सोमबार १४:१९

सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालका अनुसार बैठकमा कांग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको छ ।

एमालेबाट खाली हुने सिटमध्ये ३ वटा नेपाली कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको उहाँले जानकारी दिनुभयाे । एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार र कांग्रेसबाट तीन जना राष्ट्रियसभा सदस्यकाे फागुन महिनामा समयावधि सकिदैछ ।

राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

Comment


Related News

Latest News

Trending News