अपडेट 
२०७८ पुष १९, सोमबार १५:१५

सर्लाही क्याम्पस मलंगवाका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

पहिलादेखि सर्लाही क्याम्पस मलंगवामा कायम गरिएको स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र बिना कुनै अग्रिम सूचनाको परीक्षा आउन एकदिन मात्र बाँकी रहँदा टि।यु परिक्षा नियन्त्रन कर्यालयले बरहथवा स्थित बहुमुखि क्यम्पसमा सारेको भन्दै आपत्ती जनाउँदै सो क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । परीक्षाको मुखैमा आएर एक्कासी परीक्षा केन्द्र सारिएको भन्दै आक्रोशित विद्यार्थीहरु आइतवारदेखि नै आन्दोलनमा उत्रिएरका छन्।आइतवार बिहानैदेखि उनीहरू क्याम्पस अगाडि नवलपुर(मलंगवा सडकखण्डमा टायर बालेर नाराबाजी सहित विरोध प्रदर्शन गर्नुका साथै पहिला कै परिक्षा केन्द्र कायम गर ,विद्यार्थी एकता जिन्दावादका नारा लगाउँदै मलंगवा बजारको परिक्रमा गरेका थिए । जब सम्म आफुहरुको माग पूरा हुदैन तबसम्म आन्दोलन जारी रहने आन्दोलनरत विद्यार्थीहरुका अगुवा नेता कैमुल हुसैनले चेतावनी दिएका छन् ।चेतावनी स्वरुप पिडित विद्यार्थीहरुले सोमबार मलंगवा भरीका सम्पूर्ण सरकारी कार्यालय ,निजी तथा सरकारी शैक्षिक संस्था र यातायात बन्द गराएका छन् ।

उता सर्लाही क्याम्पस प्रमुख राजेश यादवले भने आफुले बरहथवा स्थित शुभजनता क्याम्पसबाट मौखिक रूपमा मलंगवाको प्रश्नपत्र त्यहाँ आएको र परीक्षा केन्द्र सरेको भन्ने जानकारी आएको बताएका छन् । विश्वविद्यालयको वेभसाईटमा मलंगवाको परीक्षा केन्द्र सारिएको बारे कुनै जानकारी नराखिएको र लिखित रूपमा क्याम्पस प्रशासनलाई कुनै जानकारी नआएको क्याम्पस प्रमुख यादवले बताए । अन्तिम समयमा आएर परीक्षा केन्द्र सार्दा विद्यार्थीलाई कोठा खोज्ने लगायतका समस्या आईपर्ने उल्लेख गर्दै क्याम्पस प्रमुख यादवले अन्य क्याम्पसको भने यथास्थान होम सेन्टर नै कायम रहनुले आफू आश्चर्यचकित बनेको बताए । मलंगवामा आउनुपर्ने प्रश्नपत्र कसरी बरहथवा पुग्यो भन्नेबारेमा आफुले बुझ्ने प्रयास गरिरहेको यादवले भने ।

Comment


Related News

Latest News

Trending News