अपडेट 
२०७८ पुष १९, सोमबार १६:०९

नेपालमा सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र २ हजार ७ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ६ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५ सक्रिय संक्रमित आइशोेलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News