२०७८ पुष २०, मंगलवार ०५:५५

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले दाउरा वितरण गर्ने निर्णय गरेको छ ।

जउनपाका मेयर लाल किशोर साहको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा हाल शीतलहरले बढेको चिसोबाट जोगिनको लागि नगरवासीलाई आवश्यक्ता अनुसार दाउरा खरिद गरी ठाउँ–ठाउँमा वितरण गर्ने, विपन्न वर्ग, दलित, असहाय, अपाङ्ग, असक्त नगरवासीलाई चिसोबाट सुरक्षित राख्न आवश्यकता अनुसार कम्बल खरिद गरी वितरण गर्ने निर्णय गरिएको हो । त्यस्तै कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) को प्रकोपबाट जोगिन नगरवासीहरुमा वितरण गर्न तथा स्वास्थ्यकर्मी कर्मचारीहरुको प्रयोजनकालागि मास्क, सेनिटाईजर, पीपीई लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने तथा चिसो, आगलागी तथा ओमिक्रोनबाट बच्न विभिन्न चेतनामूलक विज्ञापनहरु पत्रपत्रिका, एफ.एम जिङ्गलमार्फत प्रचार–प्रसार गर्ने निर्णय गरेको छ ।

सो बैठकमा उप–मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक श्याम सुन्दर कुमार जयसवाल, नेकपा माओवादी केन्द्र जनकपुरधाम नगर कमिटी अध्यक्ष रामवृक्ष यादव, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, नेकपा एसका श्रीनारायण पासवान, शिक्षा महाशाखाका प्रमुख मिहिलाल यादव लगायतको उपस्थिति रहेको थियो । जनकपुरधाम उप– महानगरपालिका लगायत तराई मधेश र पहाडका जिल्लाहरुमा केही दिन यता देखि एक्कासी चिसो बढेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

Comment


Related News

Latest News

Trending News