२०७८ पुष २०, मंगलवार ०६:०४

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–६श्रीपुर तथा सुरुङ्गा नगरपालिका–८ मलहनमाका १ सय ३ जना कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपा सुरुङ्गा नपा–६मा सोमबार आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराइएको हो । श्रीपुरका मोहम्मद अनसारुल हक र मलहनमाका अध्यक्ष दिनेश चौधरीको नेतृत्वमा जसपा प्रवेश गरेका १ सय ३ जना नपप्रवेशीलाई केन्द्रीय सदस्य अनिरुद्ध प्रसाद सिंह तथा मोहम्द सबिर हुसेनले फूलमाला र अबीर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुमार साह, जिल्ला सदस्य बिभाष कुमार यादव, सुरुङ्गा नगरपालिका नगर अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय केन्द्रीय परिषद सदस्य देवानन्द चौधरी, जिल्ला अध्यक्ष मोहम्द अबुल हसन सहितका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News