अपडेट 
२०७८ पुष २०, मंगलवार ०६:१७

विगतदुई हप्ताभन्दा बढीदेखीसिके राउत नेतृत्वको जनमत पार्टीले किसानआन्दोलनको नाममा सडक तताई रहेको छ । आफूहरुले उठाएको माँगबारे सरकारले बेवास्ता गरेको भनेर राजमार्ग बन्दगर्ने क्रममाजनमत पार्टीकाकार्यकर्ताहरुले ठाउँ ठाउँमा बाटोमाअवरोध सिर्जनागर्ने तथाप्रहरीले अवरोध खुलाउने क्रममाद्विपक्षीय झडप जस्ता अप्रिय समाचारहरु पनिआइरहेका छन् । प्रहरीले आन्दोलनकारीले आफूहरुमाथीआई लागेपछि बाध्यतामा रबरको गोलीप्रहार, आँसू ग्यास र लाठी चार्ज गर्नु परेको भनिरहेको छ । जनमत पार्टीकाअध्यक्ष राउत र उनकाअन्य नेताहरुले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा रबर मात्रहोइन, वास्तविकगोलीप्रहार गरेको तथाप्रहरीको रबैया यस्तै रहे प्रहरी दमनको जबाबमाआन्दोलनलाई झन् सशक्तबनाउने भनिरहेका छन् ।

प्रहरीसंगको यस झडपमा केहीआन्दोलनकारीहरु घाइते भएका समाचारहरु पनि छन् । यस समग्र परिदृश्यलाई हेर्दा किसानको माँगहरुलाई केन्द्रमा राखेर जनमत पार्टीले शुरु गरेको यो आन्दोलनउनिहरुले भनिरहे जस्तो शान्तिपूर्ण त पक्कै छैन । किनभने सामाजिक सञ्जालमा देखिएकाभिडियोहरुमाउनकाकार्यकर्ताहरुपनिआई परे भिडन्तको मुद्रामातथाप्रहरीप्रति ढुङ्गा फाली रहेको तथा लठ्ठी प्रहार गरिरहेकापनि देखिन्छन् । हुन त उनिहरुले अस्वीकार गर्न सक्छन् तरपनिकिसानको माँगलाई आधार बनाएर आफू चर्चा बटुल्ने तथामधेशी राजनीतिमाआफ्नो निम्ती स्पेस बनाउनखोजेको बुझ्नगाह्रो छैन । अझ, यस्तै आन्दोलनहुँदा काठमाँडौमाप्रहरीले पानीको फोहोरा तथामधेशमागोलीप्रहार गरेर भेदभाव गरेको भनिआन्दोलनमामधेशीतत्वपनिमिसाएर जनसमर्थन र सहानुभूतिप्राप्तगर्न खोजेको पनि देखिन्छ । (यो फरक कुरा हो कि काठमाँडौकाकयौँ आन्दोलन र जनसंघर्षहरुमाप्रहरीले अत्यन्त हिंसक र बर्बर दमन समेत गरेको उदाहरणहरु पनिछ । प्रशासनउदार वा भेदभावपूर्ण देखिनु राज्यसत्ताको उदारता र संकीर्णतामानिर्भर गर्छ । कुनै प्रहरी अधिकारी व्यक्तिगतस्तरमा भेदभावपूर्ण छ भने हुनु बेग्लै कुरा भयो, होइनभने प्रशासन राज्यको आदेशपालकमात्रहो । ) प्रदेश नम्बर दुईमा, जहाँमधेशीभावनात्मक राजनीतिको बलमा नै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार र विपक्षमा बिराजमान छ, जनमतपार्टीले आफूलाई फरक देखाउन केही फरक गर्नु नै थियो । उसले त्यहीगरिरहेको छ । विगतकामधेशीआन्दोलनहरुमाप्रत्यक्ष नेतृत्व गरेकाजसपा र लोसपाले मधेशी राजनीतिमाआफूहरु एकाधिकारीको रुपमा प्रस्तुतगर्दै आएको छ ।

यद्यपित्यतिबेला छुट्टै मधेश देशको पृथकतावादी संघर्षमा रहेका राउतकाकार्यकर्ताहरुपनितीआन्दोलनहरुमा सामेल हुने गरेको थिए । राउतले पृथकतावादीधार त्यागेर संसदिय राजनीतिमाआफ्नो भविष्यखोज्न थालेपछि उनिहरु जसपा र लोसपाकानिम्तीनयाँप्रतिस्पर्धीको रुपमा देख्रिएका छन् । जसपा र लोसपा संघीय र प्रादेशिकदुबै संसदमा सत्ताअभ्यास गरिरहेका छन् र भ्रष्टाचारमा आकण्ठ डुबेका छन् । अर्कोतर्फ जनताकाअपेक्षाहरु उपेक्षित छन् र अरु त अरु, स्वयं मधेश आन्दोलनमालागेकाहरु समेत कार्यकर्ता तथाजनस्तरमा समेत उपेक्षित महसुस गरिरहेका छन् । राउतयसै स्पेसमा पसेर आफ्नो निम्ती ठाउँ बनाउने प्रयास गरिरहेका छन् । अझनिर्वाचनआयोगले स्थानियनिर्वाचनको मिति प्रस्तावित गरेपछि त जनमत पार्टीले शुरु गरेको यस किसानआन्दोलनको अर्थ सहज नै छ । तर यी सबै तर्कहरुकाबावजूदपनि यस आन्दोलनको माध्यमबाट जनमत पार्टीले राखेकामाँगहरु जायज छन्, भन्नेमादुईमत छैन । कैयौँ संघीय तथाप्रदेश सरकारकामन्त्रीहरुले यसलाई स्वीकारपनिगरिरहेका छन् ।हुनपनिकिसानहरुको माग समस्याहलगर्न उच्चस्तरिय समितिको गठन, समयमामलखादर बिउकाव्यवस्था, सिँचाईको व्यवस्था र तत्काल यो गर्न नसके निःशुल्कबिजुली, प्राकृतिकप्रकोपबाट बाली नष्ट भएकिसानलाई राहत, कृषिजन्यउत्पादनको उचित समर्थन मूल्यनिर्धारण, उँखू किसानको भुक्तानी, किसान कार्डको व्यवस्था, आदिमाँगउचितमाँग नै हो । र, यस्तो हो भने संघ होस वाप्रदेश सरकार यस्को समाधानको निम्तीकिन अगाडी आएको छैन

Comment


Related News

Latest News

Trending News