२०७८ पुष २१, बुधबार ०६:१४

जनकपुरधाम । शौर्य सिमेन्टले राजमिस्त्रीहरुसंग छलफलको आयोजना गरेको छ ।

धनुषाको सपहीमा मंगलबार आयोजना गरेको ‘मैसन मिट’ कार्यक्रमबीच मिस्त्रीहरुसंग छलफल गरेको हो । छलफलमा बोल्दै शौर्य सिमेन्टका प्राविधिक विशेषज्ञ दिवस देवकोटाले उदयपुरका चुनढुंगाबाट निर्माण हुने सिमेन्ट मुलुकमै उत्कृष्ट सिमेन्टको रुपमा रहेको बताए । अल्काली प्रणाली जडित मेसिनबाट उत्पादन हुने शौर्य सिमेन्टमा क्षारलाई वाइपास गर्ने भएको हुँदा यसको गुणस्तरीयताबारे कसैले कुनै प्रश्न गर्न नसक्ने बताउंदै उनले भने,‘उदयपुरको चुनढुंगाले यस सिमेन्टको उत्पादन गरिन्छ त्यसैले हामीले यसलाई सुन जस्तो चुन ढुंगा समेत भनेका छौं।’ ५० जना भन्दा बढी राजमिस्त्रीहरु सहभागी रहेको सो कार्यक्रममा बोल्दै प्राविधिक विशेषज्ञ देवकोटाले रासायनिक प्रक्रियामा समेत शौर्य संवेदनशील रहेकोले सिमेन्टमा अनिवार्य ५० प्रतिशत हुनु पर्ने क्याल्सियम अक्साइड ५४ प्रतिशत भन्दा माथि रहेको उल्लेख गरे । शौर्य सिमेन्ट नै किन भन्ने एक मिस्त्रीको प्रश्नमा उनले भने,‘किनकी रासायनिक प्रक्रिया,तौल तथा प्याकेजिंग र उदयपुरको चुनढुंगाले निर्माण गरिन्छ त्यसैले शौर्य सिमेन्ट नै उत्कृष्ट हो ।

यस अघि सोमबार जनकपुधाममा मिस्त्रीहरुसंग शौर्यले छलफलको आयोजना गरेको थियो भने बुधबार महोत्तरीको जलेश्वरमा कार्यक्रमको आयोजना गरिने भएको जानकारी जनकपुरधामका एरिया सेल्स म्यानेजर संजय कुमार हाथीले दिए । अटोमेटिक प्लान्टबाट निर्माण हुने शौर्य सिमेन्टको माग दिन प्रतिदिन बढ्दै गएको बताए । रोबोटिक मेसिनबाट निर्माण गरिने प्रविधिको कारणले मानवीय त्रुटीहरुलाई नियन्त्रणमा रहेकोले यस सिमेन्टको प्रयोग नै उत्तम रहेको दाबी उनले गरे ।

Comment

Related News

Latest News

Trending News