अपडेट 
२०७८ पुष २१, बुधबार ०६:५३

राजविराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि यहाँ भइरहेको प्रदेश २ स्तरीय छनोट प्रतियोगितामा धनुषा र बारा फाईनलमा भिड्ने भएको छ ।

स्थानीय क्याम्पसको खेलमैदानमा मंगलबार सम्पन्न खेलमा धनुषाले सिरहालाई ७ विकेटले तथा बाराले सप्तरीलाई ९५ रनले पराजित गर्दै फाइनलमा जान सफल भएको हो । पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले ३४ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेको थियो । जसमा सुमन गहतराजले ३३, शैलेन्द्र साह २ ९ तथा रूपेश सिंहले १९ रनको योगदान गरेका थिए । बलिंङतर्फ धनुषाका विशाल सुशलिंग र श्याम राय ३÷३ बिकेट तथा आकाश सिंहले २ विकेट लिएका थिए । जवाफी ब्याटिङ गर्दै धनुषाले २७ दशमलव ४ बलमा ३ विकेट गुमाउंदै विजयी लक्ष्य प्राप्त गरेको थियो । यो जितसँंगै धनुषा फाइनलमा प्रवेश गरेको छ । धनुषाकालागि विशाल सुशलिंगले उत्कृष्ट ब्याटिंग गर्दै अविजित ५९ रन बनाएर म्यान अफ द मैच घोषित भए । मंगलबार नै बारा र सप्तरी बीच दोश्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । उक्त खेलमा बाराले टस जितेर ब्याटिङ रोज्दै ४६ ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको चुनौती पेश गरेको थियो । जसमा मेघराज महरा र साहिल पटेलले समान ४२/४२ रन तथा निखिल सिंह (अविजित) ३९ र अरनिको २८, जितेन्द्र यादवले (अविजित) २६ र कुमार थापाले २० रनको योगदान दिएका थिए ।

बलिङतर्फ सप्तरीका अजय यादवले ३, रोबिन सिंहले २ तथा महबुव आलम र अनिल यादवले १/१ बिकेट लिएका थिए । जवाफी ब्याटिङमा सप्तरीले ३७ दशमलव २ ओभरमा सबै विकेट गुमाई १ सय ६६ रन मात्र बनाउन सकेको थियो । जसमा अमित मण्डलले सर्वाधिक ५४, रोहन बिक २१, महबुव आलम १६ र बिकास दास १७ रन बाहेक अरू कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेनन् । बलिङतर्फ बाराका समीर नेपाल ३, भुलवन सहनी २ तथा आशुतोष पटेल, जितेन्द्र यादब, कुमार थापा र अरनिको यादब १/१ बिकेट लिएका थिए । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टिमका अरनिको यादब घोषित भए । प्रतियोगिताको फाईनल खेल बुधबार हुने क्रिकेट संघ सप्तरीका सचिव चन्दनकुमार यादवले जनाए ।

https://www.youtube.com/watch?v=R7LsVtWys04&t=6s

Comment


Related News

Latest News

Trending News