२०७८ पुष २२, बिहीबार ०७:०२

राजविराज । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवारी दुर्घटनामा परी घाइते भएकी छिन् ।

सप्तरीको छिन्नमस्ता गाउंपालिका–१ जोलहनिया पुल नजिक उनी सहित चार जना सवार ज १ झ ४०६ गाडी बुधबार साँझ दुर्घटनामा परेको हो । सोही वडामा रहेको वरही विरपुर जाने क्रममा गाडी दुर्घटनाग्रस्त भएको कर्णका स्वकीय सचिव ध्रुबकुमार मण्डलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मन्त्री कर्णको छाती र हातमा चोट लागेर घाइते भएकी छिन् । उनलाई उपचारको लागि राजविराजको छिन्नमस्ता अस्पताल लगिएको छ । उनको उपचार जारीरहेको छ । दुर्घटनामा परी स्वकीय सचिव मण्डल, जयप्रकाश चौधरी र प्रथम राम पनि घाइते भएको जनाइएको छ ।

https://www.youtube.com/watch?v=R7LsVtWys04&t=9s

Comment


Related News

Latest News

Trending News