अपडेट 
२०७८ पुष २२, बिहीबार ०७:१७

रुखको हाँगा वेसरी छिमलिएको छ । रूखको हाँगा छिमलिदा रूखको अस्तित्व ठुटो भइ टाउको गिडिएपछिको अवस्थामा परिणत भएको छ । घातकी खेलमा रूखलाई होमिनेहरू पछुतो मानेर गोही रोएझैं देखिदैछन् ।रूखलाई हाँगामय बनाउने बीज माटामा रोपिनेहरूसँग विश्वासको बीउ छैन । अनास्थामात्र देखिन्छ । तापनि बेलुनमा हावा घुसेसरि फूलेका छन् । वेदना र समस्याले जीवनतचक्र खाँदाखाँद भएपछि मृत्यु पनि सितारको झङ्कार झैं प्यारो हुँदो रहेछ । आदर्शताले नत रूख हांगामय हुन्छ सक्छ , नत जरो बलियो हुनसक्छ । रूख हार नखाउ जीवनदेखि , प्रह््लाद बनेर सङ्कट भोग्दै जाउ , हांगामय अवश्य होला विवशतापूर्ण आशय मात्र छ । अतः रूख भन्न थालेको छ :

पोलेर खाक गरियो इतिहासलाई देखिन्छ दिग्भ्रम सधैंभरि वर्तमान टाढा भविष्यतिर जानलाई काँडा र शुल मुटुभित्र बिझेसमान जे जस्तो इतिहास निर्मित थियो सम्मान कल्ले गरोस पुर्खाको कतिसम्म आर्जन थियो कल्ले सुरक्षा गरोस ।

रूखलाई मानव र प्रकृतिसँग अन्योन्याश्रित मानिन्छ । नेपाली कांग्रेसले यही भावभूमिमा जन , मन , राष्ट्र, राष्टियता , समाजवादको रूख रोपेको इतिहास साक्षी छ । वी पी कोइराला , सुवर्ण समशेर , गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईको आस्था , जीवनमूल्य , हार्दिकपना र विश्वासले रूखलाई हुर्काउदै आदरणीय बनाएको कुण्डली छ । तर गिरिजाप्रसाद कोइराला , सुशील कोइराला र शेरबहादुर देउवासम्म आइपुग्दा रूखलाई वनको बाधले आई समाइनसके पनि मनको बाघले खाँदै गएको क्रम जारी छ । पानी साथ भए पनि रूखको अस्तित्वको तिर्खाले व्यग्र छ । रूखको आंतमा तिर्खा किन छ ? यसका कारक पात्र रामचन्द्र पौडेल , विमलेन्द्र निधि , कृष्ण सिटौला , प्रकाशमान सिंह , शेखर कोइराला हुन जो स्वयम् कर्कला पातको पानीजस्तै देखिएका छन् ,उनीहरूको परोपदेशे पाण्डित्यम् झेलमा परिणत भइ पौडेल , सिटौलारूपी पात आफै ओइलिए भने शेखर कोइराला ,प्रकाशमान , विमलेन्द्र निधि झरेको पात बन्न पुगे । शेरबहादुर देउवाको संघर्षशील पृष्ठभूमि छ , उनको स्वर पनि संघर्षकै गाथासँग जोडिएको छ । उनी संघर्षशील व्यक्ति भए पनि नेतृत्वमा सक्षम हुने इतिहास निर्माणका लागि प्रयासरत रहँदा आशङ्का , त्रास , चिन्ताको त्रिपक्षी भँुमरी परी उत्तरको बाटो , सीधै दक्षिणको बाटो तिर लाग्ने वा पूर्व कि पश्चिमको बाटो हिंडने ? पहल्याउन नसकेका कारण बेटुङ् गो छ ।

अतः उनको यात्रा र परिणाम पनि अनिश्चित छ । वी. पी. कोइरालाले तराइ — मधेशके हावापानी , माटोमा समाजवादी रूखलाई हुर्काउने परिकल्पना गरी भूमिलाई नेपाली काङ्गे्रसरूपी बीउ रोपे , रूख मौलाउँदै कल्पवृक्षको आकारसमेत ग्रहण गर्यो तर स्वार्थ , विभेद , वंशवाद , संकीर्णतारूपी किराले क्रमशः पात पहेंला हुँदे आजसम्म आइपुग्दा छिमलिने अवस्थामा पुगेको छ । वी.पी. कोइराला कालमा हाँगामय भएको रूखको भूमिलाई अवसरवादीहरूले क्रमशः उपेक्षा , विखण्डनकारी , दासत्वरूपी दरिद्र मानसिकतालाई प्रश्रय दिएकाले आज रूखमा रहेको समाजवादलाई सीमित र सांगुरो बनाइ नैसर्गिकतालाई अपहरित , इमानलाई बन्धकी , जागरूकता अपाङ्ग र इज्जतलाई लिलामी गरेका कारण रूखमा पाखण्डका लटरम्म हाँगााहरू पलाए , कपट ,द्वेष , शत्रुता बेइमानीका विषालु काँडा तिखारिए । मधेशी मूललाई अनागरिक , विदेशी बनाउने खेल प्रायजसोले गरेका कारण रूखबाट बुद्धि र विवेकशीलताको मीठो फल फल्ने कल्पना मात्र हुन पुग्यो । दुर्गानन्द, सरोज , राम — लक्ष्मण , कामेश्वर —कुशेश्वरलाई भ्रमको जन्जालमै राखे , संविधानमा मधेश , मधेशीको पहिचानको सवाललाई गौण बनाउने कार्यमा पौडेल र सिटौलाले अग्रता प्रदर्शन गरे भने निधिले मधेशको रूखलाई मलजल गरी गोडमेल गर्न सकेन ,बोट विरूवा उमार्नु त कहाँ हो कहाँ , विवेकको बीउ पनि नछरेका कारण रूखको इतिहास संझिएर बड्काउने कि इतिहास बिर्सिएर मिल्काउने अवस्था सिर्जना भएको छ ।

मधेशीको नाम आउने बखत हांगामय रूखको छहारी पाउनेहरू मधेशीलाई भारतीय नागरिकको संज्ञा दिने , तर भारत सामु मधेशकै नामले पहिचान बनाउन खोज्ने छेपारे रंग घसिने , परिवर्तनको निर्मलतालाई हिलो घोलेर धमिल्याउने दुस्प्रयास गर्दे आफ्नै स्वार्थको ताना–चक्र फर्काउन दिवास्वप्न देख्ने , आफ्नै खोक्रो डम्फूलाई उल्टो–सुल्टो बजाउने , गालीको अम्ल–वर्षा र धम्ककिो तीतो विष पिलाउन खोज्ने र मधेशको देखावटी फूलमाला लिएर वस्ने किराले रूखलाई रोगी बनाएको हुनु पर्छ ,कुचक्रमा परेको रूखको अस्तित्वलाई यसरी दाँज्न सकिन्छ :

लोहे की दीवारें पंछी कैसे तुझे सुहाती होगी ? अन्तर में संघर्ष छिपाए , तेरा जीवन जलता होगा हासों में छिप क्रन्दन तेरा भोले जगको छलता होगा पर अनजाने में तो तेरी अंखिया भी भर आती होंगी जग की खुशियों पर न्योछावर होगी कब तक तेरी चाहें पलकों के डोरो से कब तक नापेगा जीवन की राहें सोच रही हूं बुझती कितनी यों ही जीवन –बाती होंगी

मधेशीलाई बन्द गरिएको छ– फलामको पर्खाल भन्दा पनि संघातिक चित्तको पर्खालमा । माथिबाट जतिसुकै संघीय गणतन्त्र भनिए पनि पहिचानको पखेटा काटिएको छ । समानतामा विचरण गर्न सकिदैन । अधिकारको आकाश खोसिएको छ । यस्तो सुन्दर शब्दको आवरणमा खोसिएको जसबारे स्मरण पनि छैन । दासत्वरूप िफलामे सिक्रीलाई मधेशीको आभूषण बनाइएको छ ।अधिकार थुनुवा कक्षलाई मन्दिर भनि त्यसैलाई ज्ञान ,शास्त्र र सिद्धान्तबाट कुल्चिने संकीर्णतालाई बन्धन भन्ने कि मुक्ति वीपी कोइरालाका अनुयायी डा. रामवरण यादवले पनि स्पष्ट गर्न सकेनन् । फलतः उनी पनि पश्चातापमा भत्भती पोल्दै गरेको आशय बेला –बेलामा सुनिने गरेको छ । रूखको प्रतिच्छायाले सधैंभरि हाँसिरहने , सुसन्तुष्ट जन किन मलीन छ ,अन्नको भण्डारक मधेशवासीको बाली पनि मलीन छ , पानीको निर्मल स्वरूप पनि धमिलिएको छ , प्रवाहशील गति पनि रोकिएको छ , एजेण्डाविहीनले नेतृत्वका कारण रूखको सौम्यता , प्रसिद्धि , कल्पवृक्षता र अनमोल मौलिताकता गुमेकोछ । सुकोमल हार्दिकता हराएको छ । नेतृत्वकर्ताले तराइका सन्तानलाई कहिल्यै मन नपराए पनि तराइवासीले कहिल्यै पनि घनिष्ठतामा प्रश्नचिन्ह आउने क्रियाकलाप गरेन तापनि सत्ता भोगीलाई निकटतस्थ नराखेको दृष्टान्त छ ।

सत्ता भोगीले मधेशवासीलाई सहयोगी भन्ने तर विषवृक्ष रोप्दे गएकाले आज रूखमा त्यसको प्रतिकूल प्रभाव छ ।रूखको विशालतामा चिरंै चिरा , र विश्वास फाटेर धाँजै धांजा छ । त्यसको छाहारी टुक्रा–टुक्रा , खण्ड – खण्ड भागवण्डा र संशयको भविष्यले गर्दा यसका छाहारीमा रहेका मधेशी भनिएकाहरू सर्वाधिक उपेक्षित पात्र छ । सत्ताभोगीको चरित्र पटके चोर झैं छ । उनीहरूकै कारण कूट ,लूट , फूट , झूट शूट र बुट नीति झाँगिएकाले रूखको वरिपरि गोलमाल र बेहाल छ । सत्ताभोगीलाई जन मनभन्दा पनि सत्ता कति प्यारो हुन्छ त्यस प्रसङ्गमा एउटा कथा सुनेको थिएँ – एक नेताको मगजको शल्यक्रिया भयो । शल्यक्रिया ठूलो थियो त्यसकारण चिकित्सकले नेताको खप्पड्बाट मगजलाई बाहिर निकालेर मगजमा रहेको चोरी , लूट , फूट , भूmट ,बेइमानी , विभेद , व्यभिचार , अपराध , भ्रष्टाचार । अपारदर्शितालाई सफाई गर्ने कार्य गरिरहेका थिए त्यसै बखत एउटा मान्छे आई नेतालाई तपाई प्रधाानमन्त्रीमा चयन भएको खबर सुनाए , नेता त्यो खबर स्ुनिने बितिकै शल्यक्रियालाई कुनै वास्ता नगरिकन बाहिर निस्किन लाग्दा त्यही बेला एउटा मान्छे आई राजनेतालाई तपाई प्रधानमन्त्रीमा चयन हुनु भएको खबर सुनायो । नेता त्यो खबर सुनिने बितिकै शल्यक्रियालाइ वेवास्ता गदैृ बाहर निीस्कन लागेको देख्दा चिकित्सिकले नेतालाई तपाई मगजलाई अलपत्र पारी कहाँ जाँदै हुनुहुन्छ भन्ने प्रश्न गर्दा नेताले मलाई अब मगज चाहिंदैन , म त प्रधानमन्त्री भइसकें , मगज तपाई नै राख्नोस भनी दिएको सन्दर्भलाई नेपाली कांग्रेसले मनन गर्नु पर्दछ ।

कांग्रेसको जीवनचक्रमा सङ्क्रमण हुनुले मरूभूमि बन्न सक्छ , अतः रोइरहेको मधेशको धर्तीप्रति दृष्टिविहीन हुनुहुँदैन, मधेशको धर्ती हरियो भएपछि मात्र रूखको अस्तित्व कायम रहन सक्छ ।

Comment


Related News

Latest News

Trending News