राजविराज । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउंपालिका–६ का सुकदेव चौधरीको शव देख्ना साथ पत्नी ललिता देवी बेहोस भईन् । कमाउन गएका ४६ वर्षीय श्रीमान् को बुधबार सांझ शव आएपछि उनी बेहोस मात्र भइनन् सम्पूर्ण परिवार नै शोकाकुल भएको छ ।
वैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि चौधरी दुबई पुगेका थिए । एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भइ अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । उनी कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गर्दा गर्दै एक महिना समय लागेको श्रीमती ललिताले दुखेसो पोखिन् । ‘वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन नसक्दा थुप्रै नेपाली यसरी नै विदेशी भूमिमा ज्यान गुमाई बाकसमा फर्किने गरेका छन् अधिकारकर्मी जंगबहादुर सिंह भन्छन्, “यसका समाधानका लागि स्वदेशमै रोजगारीको वातावरण निर्माण गरिनु पर्छ ।”
https://www.youtube.com/watch?v=R7LsVtWys04&t=9s


