अपडेट 
२०७८ पुष २२, बिहीबार ०७:३४

राजविराज । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि यहाँ भइरहेको प्रदेश २ स्तरिय छनोट प्रतियोगिताको उपाधि बाराले जितेको छ ।

बुधबार राजरंगशालामा भएको फाइनल खेलमा धनुषालाई ३४ रनले पराजित गर्दै बाराले उपाधि जितेको हो । टस जितेर बाराले १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा तिर्थराज दास २३, साहिल पटेल १६, जितेन्द्र यादव १७, रवि साह १४ र आशुतोष पटेल तथा निखिल सिँहले समान १०/१० रनको योगदान दिएका थिए । बलिंङतर्फ धनुषाका आकाश राय ३, विकास सुशलिंग र रूपेश यादवले २/२ विकेट हात पारेका थिए । एक सय २६ रनको विजयी लक्ष्य लिइ मैदानमा उत्रेको धनुषा २२ दशमलव ५ ओभर मै ९१ रनमा समेटिएको थियो । धनुषाका लागि अकबर अली (अविजित) ३८ र परशुराम यादवले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समयानले दोहोरो अंक पार गर्न सकेनन् । बलिंङतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिंग गर्दै ४, आशुतोष पटेल, जितेन्द्र यादव र कुमार थापाले २/२ विकेट लिएका थिए । उक्त फाइनल खेलको म्यान अफ दि म्याच बाराका समीर नेपाल घोषित भए ।

प्रतियोगिताको म्यान अफ दि सिरिज सप्तरीका अजय यादव, बेस्ट ब्याट्सम्यान सिरहाका म्यान शैलेन्द्र साह तथा सप्तरीका अजय यादब बेस्ट बलर घोषित भए । प्रदेश २ क्रिकेट संघको सहयोगमा क्रिकेट संघ सप्तरीले आयोजना गरेको प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिँह, प्रदेश २ क्रिकेट संघका अध्यक्ष हिरा भगत, प्रदेश २ का उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुलानाथ माझी लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले गरेका थिए । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि पुस २५ गतेदेखि काठमाडुमा हुने भएको छ ।

Comment


Related News

Latest News

Trending News