अपडेट 
२०७८ पुष २२, बिहीबार १०:५२

सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर उद्योग मन्त्रालयमा मूल्य निर्धारणको सिफारिस गरेको थियो । किसानले भने ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गर्दै आएका छन् । उद्योगीहरुले भने ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने अडान राख्दै आएका थिए ।

उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिलमा आफ्नो उखु दिन सुरु गरेका थिए । मूल्य निर्धारणमा ढिलो भभएको भन्दैकिसानहरुले आन्दोलन सुरु गरेको छ ।

Comment


Related News

Latest News

Trending News