अपडेट 
२०७८ पुष २३, शुक्रबार ०५:४७

राजविराज । डिजिटल अभियान सहकार्य सम्बन्धका लागि ग्लोबल आइएमई बैंक र राजविराज नगरपालिका बीच समझदारी भएको छ ।

विहीबार नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंक र राजविराज नगरपालिकाबीच चार बुँदे समझदारी भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट शाखा प्रमुख मनिष महासेठ तथा नगरपालिकातर्फ बाट नगर प्रमुख शम्भुप्रसाद यादवले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार नगरपालिकाले नगरको विभिन्न स्थानमा फ्रि वाईफाई जडान गर्नेछ । बैंकले नगरको विभिन्न क्षेत्रमा रहेको पसल, उद्योग, हाटबजार र माछा हटिया लगायतका स्थानमा खाता खोलि क्युआर कोड र पिओएस मेशिन प्रदान गर्ने छ । यस्तै बैंकले नगर क्षेत्रका लागि नगरपालिकाको सहकार्यमा ३० वटा डस्टबिन प्रदान गर्ने लगायतको समझदारी भएको राजविराज नगरपालिकाले जनाएको छ । उक्त समझदारीले नगरवासीले डिजिटल सेवाको सहज रुपमा प्रयोग गर्न पाउनुका साथै सरसफाई र नगरको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News