२०७८ पुष २३, शुक्रबार ०५:५०

कलैया उप– महानगरपालिका–२५ ईनरवारीमा कात्र्तिक २४ गते मुस्लिम र हिन्दु समुदायका व्यक्तिहरु बीच भएको झगडामा परी घाइते भएका राधेश्याम पटेलको उपचारको क्रममा मृत्यू भएपछि स्थानीयहरुले कलैया वीरगञ्ज सडक खण्डको सिसहनिया चोकमा गरेको चक्का जाम सहितका आन्दोलनका कार्यक्रमहरु सहमति पछि फिर्ता भएको छ ।

बिल भरपाई अनुसारको सम्पूर्ण खर्च र कानून बमोजिम मृतकका परिवारले पाउनुपर्ने १० लाख क्षतिपूर्ति दिने निर्णयकालागि गृह मन्त्रालयमा पठाउने, धार्मिक शहीद घोषणाकालागि गृह मन्त्रालयमा अनुरोध गरी पठाउने, परिवारका १ जना सदस्यलाई जिल्लामा योग्यता अनुसारको रोजगारीको लागि पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार कटुवालले जानकारी दिए । त्यसैगरी मृत्यु नै हुने गरी प्रहार गर्ने दोषीमाथि कानून बमोजिमको कारवाही गर्ने ,जिल्लामा धार्मिक सहिष्णुतामा खलल पुग्ने गरी कुनै किसिमको गतिविधि नगर्ने ,गर्न नदिने गरी मृतकका परिवार राजनीतिक दल, सुरक्षा निकायका प्रतिनिधिहरुसंगको उपस्थितिमा सहमति भएको प्रजिअ कटुवालले बताए । छलफलमा प्रदेश सांसद पारस साह, प्रमुख जिल्ला अधिकारी कटुवाल, सहायक प्रजिअ शिवराज सेढाई, प्रहरी उपरीक्षक दीपेन्द्र शाही, सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीत, नेपाली कांग्रेसबाट लुकेश सिंह, जसपाका कमलेश मण्डल, लोसपाका शम्भु कुमार गुप्ता, नेकपा माओवादी केन्द्रका जलाउदिन मंसुर, लोसपा नेपालका रमेश सर्राफ, नेकपा एसका अरुण खनाल,वडा नम्बर २५ का वडाअध्यक्ष राजेश्वर स्वर्णकार, पीडित पक्षबाट शिवनारायण प्रसाद कुर्मी लगायतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यस अघि रमेश पटेलको अगुवाइमा बिहीबार बिहानैदेखि सिसहनिया चोकमा यतायात ठप्प गरिएको थियो । घटना भएको ५७ दिनपछि श्यामको उपचारको क्रममा वीरगंजका एलएस न्यूरो अस्पतालमा बुधबार मृत्यु भएको थियो । सहमतिपछि परिवारले शव बुझेर अन्तिम संस्कार गरिने भएको छ । छठ पर्वको अवसरमा कोसियामा हिन्दु समुदायका व्यतिmहरु बाजा र पटाका पड्काएको निहुंमा मुस्लिम समुदायका व्यतिmहरुले रोक लगाउन खोजेपछि दुबै पक्षबीच कुटाकुट भएको थियो ।

सो क्रममा वडा नम्बर १९ का मृतक श्याम, सोही वडाका सुमन प्रसाद गुप्ता, वडा नम्बर २५ का दीपलाल पंडित घाइते भएका थिए सो मध्ये श्यामको मृत्यु भएको हो । सोही झगडामा भने वडा नम्बर २५का लालबाबु केसरीको औला काटिएको थियो । दीपलाल र सुमनको टाउकोमा चोट लागेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय नाजीर हुसैन ठकुराईलाई पक्राँउ गरी अदालतमा प्रक्रिया पुगाई पुर्पक्षका लागि वीरगंज करागारमा पठाइएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी गराए । घटनामा फरार रहेका सफिमहम्द ठकुराई, लालबाबु ठकुराई, असमुल्लाह ठकुराई, गनिमिया ठकुराई, जाफर मियां ठकुराई, नजमुल्लाह मिया ठकुराई र अफजल मिया ठकुराईलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिसकेको र चाँडो भन्दा चाँडो तिनीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने प्रहरीले जनाएको छ । १३ दिन भित्र कार्यान्वयन नभए सबै राजनीतिक दल, पीडित परिवार कडा आन्दोलनमा उत्रिने सहमतिको क्रममा चेतावनी दिइएको कलैयाका नगरसभापति शिवनाथ पटेलले बताए ।

https://www.youtube.com/watch?v=R7LsVtWys04&t=2s

Comment


Related News

Latest News

Trending News