अपडेट 
२०७८ पुष २३, शुक्रबार ०५:५२

जनकपुरधाम । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ ।

प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विहीबारदेखि अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो । जनकपुरधाम–१४ मुजेलियामा रहेको मणिपाल मेडिकल कलेजको भवनमा संचालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट सुरु गरिएको छ । उक्त अक्सिजन प्लान्टकालागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयले सामानहरु उपलब्ध गराएको थियो । प्रतिष्ठान अन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरका अनुसार उक्त अक्सिजन प्लान्टबाट तत्काल दैनिक २५ देखि ३० सिलिण्डर सम्म अक्सिजन उत्पादन हुनेछ । आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन भएपछि अब हामीलाई बिरामीको उपचारमा अक्सिजनको अभाव नहुने बताउंदै प्रशासन प्रमुख ठाकुरले भने,‘ कोरोना कालमा अधिकांश बिरामीलाई अक्सिजन नै आवश्यकता पर्ने गर्छ र प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हद सम्म खट्केको थियो ।’ त्यस्तै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएको अर्को अक्सिजन प्लान्ट पनि अब केही महिनामै संचालनमा आउने उनले बताए । अर्को अक्सिजन प्लान्टको संचालनको तयारीको कामपनि धामाधम भईरहेको बताउदै उनले भने,‘ आपूर्ती केन्द्रले दिएको अक्सिजन प्लान्ट यो भन्दा बढी क्षमताको छ, त्यो संचालनमा आएपछि हामीलाई कुनैपनि बेला अक्सिजनको अभाव हुदैन ।’

Comment


Related News

Latest News

Trending News